माल्टामा नेपाली युवाहरुले टिम डाइनामिक गठन गरेका छन् । शंकर पोखरेलको संयोकत्वमा टिम गठन भएको छ । नेपाली युवाको खेलप्रतिको माया उजागर गर्दै नेपाली पहिचानलाई विश्वव्यापी गर्न टिम डाइनामिक स्थापना भएको छ ।
टिमले नेपाली कला, संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरु समेत गर्ने जनाइएको छ । टिममा रहेका नेपाली युवाहरुले नेपाल चिनाउने गतिविधिहरु गर्ने संकल्प गरेका छन् । टिम डाइनामिकलाई संस्थाका संयोजक शंकर पोखरेल, एनआरएनए माल्टाका महासचिव सन्देश केसीले जर्सि तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । संस्थाका प्रवक्ता समुन्द्र भट्टराईले नेपाली युवाहरुबीच एकता, सद्भाव बढाउँदै खेल, कला, संस्कृति जगेर्नाको अभियान चलाइने बताए ।