विभिन्न निर्णय गर्दै तामाङ समाज माल्टाको बैठक सम्पन्न

Share:

तामाङ समाज माल्टाको सातौ मासिक बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष सुनिल दोङको सभापतित्वमा सम्पन्न भएको सो बैठकले ३ जना नयाँ  सदस्यहरुलाई महासचिव छेसाङ लोप्चन (अशिम)ले प्रमाणपत्र बितरण गरिएको थियो जसमा सन्ज्य ग्याबा तामाङ ,कल्पना वाईबा ,र कान्छा लोप्चन रहेको छ ।

समाजको सातौ चरण सम्म ६० जना सदस्यहरुलाई सस्थाले साधारण सदस्यता प्रदान गरिसकेको छ । नयाँ सदस्यहरुलाई स्वगत सहित आउँदो दिनहरुमा सबैको साझा सस्था पारदर्शिता र समवेशियता साथ सस्थालाई उच्च स्थानमा पुराउने अध्यक्ष दोङ्ले बताए ।

साथै बैठकले समाजको समासमायिक विषय बस्तु र अन्तरिक कार्यक्रमका साथै भावी कार्ययोजना बारे छलफल तथा निर्णयहरु लगायत विशुद्ध सामाजिक सद्भाब एवम समाज सेवाका निम्ति अनवरत रुपमा आफुले सकेको योगदान सदैव रहन यसै समाजको कोषाध्यक्ष पासाङ रुम्बाले बताए ।

Share:

सम्बन्धित समाचारहरू