नेपालमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न अनुमति

Share:

माल्टा नेपाल अनलाइन
काठमाडौँ / नेपाल सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि नेपालमा रहेका पोर्चुगलका नागरिक तथा पोर्चुगलसँग सम्बन्धित कन्सुलर सेवाका लागि सहज हुने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू