माल्टा नेपाल अनलाइन डेस्क
राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको २०२५–२७ कार्यकालका लागि निर्धारित निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार कोषाध्यक्ष पदमा मात्र दिपेन्द्र कार्की र उदयबाबु श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। अन्य सबै पदहरूमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुने सम्भावना प्रबल छ ।
आईसीसी सदस्य पदमा शंकर पोखरेल एकल उम्मेदवार रहेका छन् । अध्यक्षमा सत्य नारायण झा, महासचिवमा भक्त बहादुर भण्डारी, महिला उपाध्यक्षमा प्रभा राई र युवा उपाध्यक्षमा श्याम कुमार बस्नेतले एकल उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमा भुवन झा, राजु विक, ललित पाण्डे, तेजविक्रम खड्का र बिरोजंग पाण्डेको नाम परेको छ भने उपमहासचिवमा किरण बुढाथोकीको उम्मेदवारी दर्ता भएको छ । सचिव पदमा दिपक शाही ठकुरी, भरत अर्याल र किरण बस्याल रहेका छन् । सह–कोषाध्यक्षमा रेशम विक, युवा संयोजकमा सुदीप विक र महिला संयोजकमा प्रतिभा सार्की उम्मेदवार छन् । साधारण सदस्यतर्फ सूर्य बहादुर थापा, सन्तोष अधिकारी, सुबास लामिछाने, दिर्घ सिंह गुरुङ, सुवास पुरी, प्रकाश वान्तवा, अरुण थेबे र दर्शन लिम्बुको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले उम्मेदवारहरूमाथि दाबी–विरोध पेश गर्ने वा उम्मेदवारी फिर्ता लिने समय आगामी जुलाई २७ तारिख मध्यान्ह १२ बजेसम्म कायम गरेको छ । सो समयसी पश्चात अन्तिम नामावली प्रकाशित गरिनेछ । निर्वाचन समितिले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ ।