तामाङ समाज बेल्जियमको अधिवेशन सम्पन्न, अध्यक्षमा लालिंग तामाङ निर्वाचित

Share:

माल्टा नेपाल अनलाइन संवाददाता / तामाङ समाज बेल्जियमको छैठौं अधिवेशन बेल्जियममा सम्पन्न भएको छ । अधिवेशनबाट लालिंग तामाङ (लुभेन) अध्यक्षमा सर्वसमत निर्वाचित भएकी छिन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलमाया तामाङ (आर्सकोट), रुमन सिङ तामाङ (ब्रुज) महासचिवमा महिन्दो वाईबा (ब्रुज) कोषाध्यक्षमा मानु घिसिङ (लुभेन) सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा क्रमशः निमा रुम्बा ( ब्रुज) मिलन तामाङ (लुभेन), अनिता तामाङ लामा(आन्तरपेन), ग्यात्सो वाङ्डु घिसिङ (गेन्ट) बसन्ती बमजन (लुभेन), लाल तामाङ (ब्रुज) निश्चल तामाङ (ब्रुसेल्स) सुमित्रा लामा (सेन्त्रादुन) निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमिति लाई नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईले बधाई तथा सफलताको शुभकामना दिएका दिएका छन ।

Share:

सम्बन्धित समाचारहरू