रुकुममा चिसोका कारण २ जना भुकम्प पीडितको मृत्यु

Share:

नोभेम्बर २८
रुकुम/बढ्दै गएको चिसोका कारण रुकुमका दुई जना भूकम्पपीडितले ज्यान गुमाएका छन् । आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको मृत्यु भएको हो ।
स्थानीय गोपाल केसीका अनुसार दुवै जनाको चिसोका कारण ज्यान गएको हो । भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको हो पनि दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको केसीले जनाए ।

दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्पपीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको छ । आठविसकोट-१४ स्थित घेत्मा स्वास्थ्यचौकी प्रमुख देवबहादुर चन्दले चिसोका कारण बिरामी भएर स्वास्थ्य संस्था आउने सर्वसाधारणको संख्या दिनानुदिन बढिरहेको बताए । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिकमा विभिन्न समस्या देखा परिरहेको छ,’ उनले भने, ‘महिलामा पनि गर्भवती तथा सुत्केरी र ज्येष्ठ नागरिकमा समस्या बढ्दो छ । साथै दिर्घरोगीहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ ।’

Share:

सम्बन्धित समाचारहरू