माल्टामा नेपालको झल्को दिने नमस्ते नेपाल मिनीमार्केटको शाखा विस्तार

Share:

माल्टा नेपाल अनलाइन डेस्क / युरोपको माल्टामा नेपालको झल्को दिने नमस्ते नेपाल मिनीमार्केटको शाखा माल्टाको बिर्कीकारामा विस्तार गरिएको छ । बिर्कीकारामा रहेका नेपालीहरुको सहजताको लागि नमस्ते नेपाल मिनीमार्केट माल्टाको तेस्रो शाखा विस्तार गरिएको मार्केटका संचालक राजु अर्याल (बाबु) ले बताएका छन् । ६ वर्षअघि सामान्य लगानीबाट सुरु गरेको मिनीमार्केटले व्यवसाय फस्टाउदै गएपछि मार्केटको शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । नेपाल लगायत यशियन देशका नागरिक सँगै विदेशी नागरिकका लागि समेत नेपाली उत्पादनका दैनिक जिवनमा उपभोग गर्ने सामाग्रीहरु उपलब्ध गराउँदै आएको अर्यालले बताए ।

मिनीमार्केटमा जाँदा नेपालको झल्को आउछ । मार्केटको बाहिर गेटमा नेपालको राष्ट्रिय झण्डा फरफराई रहेको देख्न सकिन्छ । जब मार्केट भित्र पसेपछि आफूले खोजेका नेपाली उत्पादनका सामााहरु भेटिन्छन् तब सेवाग्राहीहरु खुसी देखिन्छन । युरोपमा पनि नेपाली उत्पादनका सामानहरु उपलब्ध गराई सेवा दिएको भन्दै मार्केटका संचालक अर्याल परिवारलाई सेवाग्राहीले धन्यवाद् समेत दिने गरेका छन् ।

मिनीमार्केट उद्घाटनका बेला आएका अतिथि पाहुनाहरुलाई संचालक बाबु अर्याल र उनकी श्रीमती बिन्दु अर्यालले निधारमा रातो अक्षताको टिका लगाई प्रसाद दिएर स्वागत गरेका थिए । अर्याल परिवारको व्यवहारले यशियनमूलका र विदेशी नागरिकहरुको मन जीतेको थियो । उनीहरुले धन्यवाद् दिएर खुसी प्रकट गरेका थिए । युुरोपमा नेपाली संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय झण्डाको साथमा व्यवसायको उद्घाटन र कार्यक्रम आयोजना गर्नु देशलाई सम्मान गर्नु हो भन्दै नेपालीहरु एकआपसमा कुरागरी रहेका थिए ।

माल्टामा रहेका नेपालीको माग अनुसार नेपालका मौलिक समानहरु कोदोको पिठो, फापरको पिठो, मस्ताङको चामल, सिन्की, नेपाली उत्पादन अचार नेपाली ढाँकाटोपी, राष्ट्रिय झष्डा र नेपाली पेयपदार्थ समेत नेपालबाट ल्याएको अर्यालले बताएकाछन् । प्रवासी नेपालीको सहयोगले थप व्यवसाय र सामाजिक क्षेत्रमा कामगर्न उत्प्रेरणा मिलेको मार्केटकी संचालिका बिन्दु अर्याल बताउँछिन् । युरोपको माल्टामा रोजगारीको सिलसिलामा आएका नेपालीहरले नेपाली उत्पादनका सामाग्रीहरु उपलब्ध गराएकोमा धन्यवाद दिदै आफू धेरै खुसी भएको चक्रबहादुर बिकले बताए ।

यसपटक भने फरक उद्येश्य राखेर हामीले मिनि मार्केटको शाखा खोलेका छौ । प्रवासमा कामगर्न आएका नेपाल लगायत अन्य देशका नागरिकहरु काममा धेरै व्यस्त रहने र उनीहरुको व्यस्ततामा समयको सदुपयोग संगै सहजताहोस् भन्नका लागि (होम डेलिभरी) कोठामै सामान पुगाउने गरी सेवासुरु गरेको मार्केटका संचालक भुवन अर्यालले बताए । श्रीमान बाबु अर्यालले ४ घण्टा मात्र सुतेर निकै मिहिनेत गरेर काम गर्ने गरेको श्रीमती बिन्दु अर्यालले बताइन् । छारोछोरीलाई स्कुल पुगाउने ल्याउने, आफ्नो नियमित काममा जाने, मिनीमार्केटको व्यवस्थापन गर्ने, घरपरिवार र सामाजिक कार्यमा समेत समय दिने गरेको अर्याल बताउँछिन् । श्रीमान र देवरको सफलतामा उहाँहरुको निकै कडा परिश्रमको भूमिका रहेको उनी बताउँछिन् ।

 

माल्टाको एमसिदा सहरमा विगत ५ वर्षदेखि नमस्ते नेपाल मिनीमार्केट संचालन गरी व्यवसाय गर्दै आएका अर्यालले धेरैजना नेपालीलाई रोजगार समेत दिएकाछन् । मिनीमार्केटको दोस्रो शाखा हामु्रन र तेस्रो शाखा अहिले बिर्कीकारामा विस्तार गरिएको छ । अर्याल दाजुभाई सामाजिक र मानविय काममा समेत अग्रसर हुँदै आएको सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीेले बताए ।

 

Share:

सम्बन्धित समाचारहरू