माल्टा । फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएसआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘फर्कि फर्कि’को २३मे मा प्रदर्शन हुने भएको छ ।
फस्टलुक टिजरमा अभिनेता अनमोल केसीलाई देखाइएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।
सुयोग गुरुङको निर्देशन रहने फिल्म रोहित र ओम अग्रवालको लगानी रहेको छ । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्म मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहेको छ।माल्टामा भने ब्लु हर्ष ईन्टरटेन्टमेन्ट्को आयोजनामा
येही जून १ तारिक र ८ तारिक रति २२:३० बजेबाट नेपाली कथानक चलचित्र फर्की फर्की प्रदर्शनीमा हुने आयोजक टिमका संयोजक डिएस राणाले बताईएको हो साथै चलचित्र हेर्नका निम्ति ईन्टरटेन्ट्मेन्टका सचिब अमर रावतले सम्पूर्ण माल्टा तथा गोजोमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली जनहरुले चलचित्र हेरेर भरपुर मनोरंजन लिन अपिल समेत गरेका छन । चलचित्रको सबै तयारि भैसकेकोले सिट सुरक्षीत गर्न डिजाईनर गणेश लामिछाने, सन्तोष पाठकले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएका छन ।
Ticket booking link 🔗 https://www.ticketly.eu/m/farki-mt
https://www.ticketly.eu/m/farki-mt



