विप्लव काफ्ले
माल्टा । नेपाली युवाहरुले माल्टामा रोयल दरबार इण्डियन एण्ड नेपलिज कुसिन सञ्चालन हुने भएको छ । यही डिसेम्बर २८ (पुस १२) देखि औपचारिक रुपमा सञ्चालन हुन लागेको हो ।
बुजिबाको बस स्टप नजिकैको टुरष्टि स्ट्रिटमा रोयल दरबार सञ्चालन हुदैछ । १ सय जनालाई १ सय परिकार खुवाउन मिल्ने सुविधासम्पन्न रेष्टुरेण्ट खुलेको हो । भुटन, छोइला, मःम, खाजा सेट, बिरयानी, कबाब, चटपट, पानीपुरी, समोसा चाट, दहिपुरी, स्पिरल पोट्याटो, आइसक्रिम लगायतका परिकारहरु सहजै उपलब्ध हुनेछन् ।
रोयल दरबारको स्पेशल एक दर्जन परिकार समेत खान पाइने छ । सञ्चालक उदय श्रेष्ठले डिसेम्बर २८ देखि सेवा नियमित सुचारु हुने बताए । नेपाली, इण्डियन खाना, भिआइपी स्तरको खाना सर्भिसको समेत व्यवस्था छ । रेष्टुरेण्टभित्र ६० जना बसेर एकसाथ खाजा, खाना मिल्ने प्रयाप्त स्पेशहरु रहेका छन् । वर्थ डे, एनिर्भसरी, मिटिङ गर्न मिल्ने ठाउँ छ ।
पर्यटक ओहरदोहर गर्ने मार्गको छेउमा बसेर समेत खान मिल्ने सुविधा छ । माल्टामा खुलेका अन्य नेपाली रेष्टुरेण्टमा भन्दा धेरै नयाँ स्वादका परिकारहरु उपलब्ध गराइने श्रेष्ठले बताए । ठुलो पर्दामा खेलहरु हेर्दै खाने सुविधा मिलाइएको छ । अनुभवी, दक्ष सेभले स्वादिष्ट परिकार तयार गर्नेछन् ।
सञ्चालक श्रेष्ठले ओपनिङका दिन हरेक परिकारमा २० प्रतिशत छुट दिइने बताए । लगत्तै जनवरी ३ सम्म १५ प्रतिशतसम्म छुट दिइने बताए । अन्य रेष्टुरेण्टको तुलनामा सुपथ मुल्यमा खाजा, खाना उपलब्ध हुने बताए । परिवारसहित बसेर शान्त वातावरणमा सेवा लिने व्यवस्था मिलाइएको छ ।