माल्टा/ रोजगारीको शिलशिलामा करिब डेढ वर्षदेखि माल्टामा कर्मभुमी बनाई बसेका सल्यानका ३३ वर्षीय अमन बुढाथोकीको उपचारको क्रममा बुधबार राति अस्पतालमा नै निधन भएको छ । दुई महिना अघि स्वास्थ्यमा समस्या देखिएपछि उनी माटरदेइ अस्पतालमा उपचाररत रहेका थिए । एनआरएनए माल्टाले उक्त शव नेपाल पठाउने तयारी गरिरहेको जनाएको छ । भने सहयोगको लागि सम्पुर्ण प्रवासी नेपालीहरुलाई यस लिन्कमा गएर आर्थिक सहयोग गर्न समेत अनुरोध गरेको छ । www.gogetfunding.com/aman-budhathoki/
