फेब्रुअरी,२४
माल्टा/ नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गाेलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एक/एक गोल गरे ।
खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियाे । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएकाे थियाे ।
खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गरिन् । भने राईले खेलकाे अतिरिक्त समयमा गाेल गर्दै नेपाललाई २-१ काे जित दिलाइन् ।
अब नेपालले उपाधीका लागि जोर्डनसँग खेल्नेछ ।