युरोपको माल्टामा मनाइयो २८६० औं सोनाम ल्होछार (फोटो सहित )

Share:

फेब्रुअरी, ११
माल्टा/ तामाङ समाज माल्टाको आयोजनामा २८६०औं सोनाम ल्होछार भब्यताको साथ  सम्पन्न भएको छ।
फेब्रुअरी १० तारीख माल्टाको पेम्ब्रोकमा बिदेशको ब्यस्त जीवनका बावजूद कार्यक्रम सम्पन्न गरिएको तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङ दोङले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि  एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल, विशिस्ट अतिथि गायक पुष्प वाइवा रहेका हुन् । विभिन्न  संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै  प्रमुख अतिथि  एनआरएनएका अध्यक्ष  खनालले बिदेशमा रहेर पनि आफनो भाषा संस्कृतिप्रतिको लगाव देख्दा आफुलाइ खुसी लागेको बताए । कार्यक्रममा हरि बिसि, उज्वल केसी ले स्वागत मन्तव्य राखेका थिए । गायक पुष्प वाइवाले तामाङ सेलो लगाएतका मौलिक गित गाएका थिए ।
भने स्थानीय कलाकारले साँस्कृतिक प्रस्तुतिहरु तामाङ नित्य, तामाङ जागरण गित गायका थिए । त्यसै गरि माल्टामा रहेका लोकल ब्यान्ड एनएमबि, एनएसएम लगाएतका ब्याण्डहरुको प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनेको कार्यक्रमको सञ्चालन भने संस्थाका महासचिव छेसाङ लोप्चन (अशिम), रबिन तामाङ र शान्ती वाईवाले गरेका थिए ।

Share:

सम्बन्धित समाचारहरू