डिसेम्बर ,६
काठमाडौँ / परदेशको ठाउँमा आफ्नो मिहिनेतले कमाएको रकम नेपाल पठाउँदा होसियार हुनुपर्ने भएको छ ।
रेमिट्यान्सबाट औपचारिक रुपमा रकम पठाएर कानुनी कारबाहीबाट जोगिन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।
यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।
‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी, ठगी हुनबाट जोगिन सम्पुर्ण नेपालीहरुलाई प्रहरीले अनुरोध गरेको छ ।