अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने उक्त क्षेत्रीय सम्मेलन झापालि समाज माल्टा (JSM) परिवार ले आयोजना गर्ने

Share:

माल्टा, अशिम लोप्चन तामाङ ।

अन्तर्राष्ट्रिय झापाली समाजले तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो। संस्थाका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्ति र झापाली समाज माल्टा (JSM) परिवारका अध्यक्ष मुक्ती पुरी र महासचिव प्रकाश भण्डारीले सम्मेलन अप्रिल  २७ र २८ तारिख सान जुवानको अर्बन भेली रिसोर्ट, द नच सेन्टरमा हुने जनकरी दिनु भएको छ।

तेस्रो क्षेत्रीय सम्मेलनका सम्बन्धी युरोपको माल्टामा गर्ने समाजको केन्द्रिय कमिटि र झापाली समाज माल्टाको कार्यसमिति बिच दुई पक्षीय दोस्रो भर्चुअल बैठकले निर्णय गरेको हो। एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने समाजको लक्ष्यअनुरुप यो कार्यकालमा क्षेत्रीय सम्मेलन माल्टाले जिम्मेवारी लिएको र सम्मेलनमा विभिन्न देशहरूबाट अथिती तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहने जानकारी झापाली समाज माल्टाका सल्लाहकार भुवन झा ले दिनु भएको छ।

झापाली समाज माल्टा सममेलनको भव्य तयारी सुरु गरिसकेको छ । उक्त सम्मेलनमा संस्थाले नेपाली संस्कृति जोगाउन र थप प्रवर्धन गर्नका निमित्त विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम पनी समावेश गरी सम्मेलनको गर्नेछ। झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै पहिलो र दोस्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएको बृहत लगानीलाई मूर्तरुप दिन गृहकार्य गर्ने जनाइएको छ ।

त्यस्तै, संस्थालाई भविष्यमा आइपर्ने विभिन्न कार्यहरुमा आर्थिक सहजताका लागि अक्षयकोष स्थापना गर्ने तथा युरोप लगायत अन्य क्षेत्रमा राष्ट्रिय समितिहरु विस्तार गर्ने सम्मेलनले योजना बनाएको छ ।

अन्तराष्ट्रिय झापाली समाज र झापाली समाज माल्टाले झापामा विभिन्न किसिमको सामाजिक कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाज विकास र प्रवर्द्धनतर्फ विगतका दिनहरूमा पनी आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Share:

सम्बन्धित समाचारहरू