अप्रिल २०, माल्टा
गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद् एनआरएनए माल्टाद्वारा अप्रिल २० तारिक बेलुका अर्थात आज नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम हुन गइरहेको छ।
जिरा स्थित अफ्रियम थेयटरमा बेलुका ५ बजेबाट राती १० बजेसम्म हुनेछ। कार्यक्रमका लागी चर्चित गायिका प्रीती आले र भ्वाईस अफ नेपाल सिजन तीनका बिजेता किरण गजमेर केहि दिन अघिनै माल्टा आइसकेका छन् । चर्चित कलाकारहरुसंगै स्थानीय कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद् माल्टाका युवा उपाध्यक्ष बिजय परियारले जानकारी दिए ।
कार्यक्रमबाट संकलित रकम नेपालमा रहेको विभिन्न वृद्धा एवम अनाथालय तथा माल्टाका लागि आपत्कालिन राहत कोषमा रहने गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद् माल्टाका अध्यक्ष रेमलाल खनालले बताए । आगामी दिनहरूमा हुन सक्ने घटना र समस्याहरुमा राहतकोषमा जम्मा गरिएको रकमबाट सहयोग गरिने अध्यक्ष खनाल बताउँछन् । बेलुकाको कार्यक्रममा सम्पुर्ण माल्टा तथा गोजोबासी दाजुभाइ दिदिबहिनीहरु, सम्पूर्णलाई कार्यक्रम आउन अनुरोध गर्दै अनुशासित तवरले सव्य भव्य बनाई शोभा बढाईदिन आग्रह समेत गरेका छन् ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एनआरएनए माल्टाका बरिस्ठ उपाध्यक्ष मधु गुरुङले जानकारी गराएका छन् ।