डिसेम्बर महिनाभित्रै माल्टामा राहदानी नवीकरणको काम सुचारु हुने

Share:

डिसेम्बर महिनाभित्रै माल्टामा पासपोर्ट (राहदानी) नवीकरणको काम सुचारु हुने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका वरिष्ठ उपाध्यक्ष मुधु गुरुङले डिसेम्बर महिना भित्रै पासपोर्ट नवीकरणको काम सम्पन्न गर्नेगरी समन्वय गर्ने काम भइरहेको बताएका छन् ।

माल्टामा रहेका आप्रवासी नेपालीहरुलाई निराश नहुन भन्दै डिसेम्बर महिनाभित्र राहदानी नवीकरण लगातका अन्य कन्सुलर सेवाका काम गर्नका लागि टोली माल्टामा ल्याउने बारे समन्वय भइरहेकोले जति सकिन्छ छिटो मितितय गरेर काम अगाडी बढाईने गुरुङ ले बताए ।

एनआरएनए माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वयमा माल्टामा नोभेम्बर ३० तारीख देखि डिसेम्बर ४ तारीखसम्म पासपोर्ट नवीकरण लगातका अन्य कन्सुलर सेवा संचालन गर्ने राजदूतावासले सूचना सार्वजनिक गरेको थियो ।

तर तोकिएकै समयभित्र राहदानी नवीकरण लगातका अन्य कन्सुलर सेवा संचालन गर्नको लागि अनलाइन मार्फत फाराम संकलन गर्ने काम सुरुपनि भएको थियो । फाराम संकलनको काम भइरहेको बेलामा राहदानी सम्बन्धी प्रर्णालीमा देखिएको समस्याका कारण विदेशस्थित सबै नियोगहरुबाट प्रवाह हुने राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरु अवरुद्ध हुन पुगेको भन्दै नेपाली राजदूतावासले २४ नोभेम्बरमा एक सूचना जारीगर्दै जानकारी गरेको थियो ।

राहदानी सेवालिने सेवाग्राहीमा पर्न गएको असुबिधाप्रर्ती राजदूतासले क्षमा माग्दै प्रर्णालीमा देखिएको समस्या समाधान हुनासाथ सेवा सुचारु हुनका साथै अनलाइन आवेदन खुलाईने जानकारी राजदूतावासले गरेको थियो । नोभेम्बर २४ मा सेवा अवरुद्ध भएको जानकारी गराएको राजदूतावासले नोभेम्बर २५ मा माल्टामा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर स्थिगित भएको जानकारी गराएको थियो ।

राहदानी सम्बन्धी प्रर्णालीमा देखिएको समस्यामा सुधार भएकोले माल्टामा राहदानी नवीकरण लगातका अन्य कन्सुलर सेवा संचालन गर्नको लागि राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासमा निरन्तर समन्वय गर्ने काम भइ रहेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए । माल्टामा रहेका प्रवासी नेपालीको समस्या समधानमा एनआरएनए माल्टा निरन्तर लागि परेको बताउँदै अब चाँडै नै माल्टामा शिविर संचालन हुने खनाले बताएका छन् ।

माल्टामा घुम्ती कन्सुलर शिविर संचालन हुने भनेपछि माल्टामा रहेका आप्रवासी नेपालीहरु धेरै खुसी भएका थिए । तर राजदूतावासले प्राबिधिक कारण देखाउँदै नोभेम्बर २५ मा माल्टामा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर स्थिगित गरिएको सूचना जारी गरेपछि अब माल्टाबाट सेवालिन पाइदैनकी भनेर उनीहरु निराश भएका थिए ।

२२ वर्षदेखि माल्टामा बस्दै आएका अर्जुन केसी पनि घुम्ती कन्सुलर शिविरकै टोलीको बाटो कुरेर बसेका छन् । आफ्नो डकुमेन्ट प्रमाणीकरणको लागि नेपाली राजदूतावासको छाप लगाउनु पर्ने भएकोले टोली माल्टामा आउछकी नाई ? भनेर एनआरएनए माल्टाका भूतपूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार राजु अर्याल (बाबू) लाई बुजिब्बामा भएको एक कार्यक्रममा सोधी रहेका थिए । जवाफमा अर्यालले घुम्ती कन्सुलर शिविर टोली माल्टामा आउने भन्दै त्यसका लागि एनआरएनए माल्टा लागि परेको बताएका थिए ।

एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गर्न मितितय भएर काम अगाडी बढेपनि प्राबिधिक कारणले रोकिन पुगेको बताए । किन रोकिन पुग्यो भनेर हामी सबैलाई थाहा भएको कुरा हो । फेरिपनि छिटो भन्दा छिटो डिसेम्बर महिनाभित्रै घुम्ती कन्सुलर शिविर संचालन गर्नको लागि राहदानी विभाग नेपाल र नेपाली राजदूतावासमा समन्वय गर्ने काम भइरहेको भन्दै केहीदिन भित्र मिति तय गरिने झाले जानकारी दिएका छन् ।

स्मरण रहोस् गतसाल अप्रिलमा भएको घुम्ती कन्सुलर शिविरबाट १ हजार ५० जना माल्टाका आप्रवासी नेपालीले पासपोर्ट नविकरण लगायतका अन्य कन्सुलर सेवा लिएका थिए ।

Share:

सम्बन्धित समाचारहरू