विश्व सम्पदा सूचीमा सूचीकृत भएको बेल्जियमको सन्त पिटर चर्चको इतिहास

Share:

डिसेम्बर २५ (बेल्जियम)

बेल्जियमको लुभेन शहरको मुख्य आकर्षणको रुपमा रहेको यस सन्त पिटर चर्च ग्रोटे माक्र्ट चोकमा अवस्थित रहेको छ । यो चर्च युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो । भने यो चर्च लुभेन शहरको इतिहास, कला, र वास्तुकलाको उत्कृष्टता झल्काउने आधार हो ।

यस चर्चको निर्माण १५ औं शताब्दीमा भएको थियो भने । यो गोथिक शैलीमा बनेको चर्च हो । जसको संरचनामा लामो गजुर, तोतेदार छत र साना खम्बाहरूले बनेका छन् । यस चर्चलाई १ सय ७० फिट उचाइ सम्म निर्माण गर्ने योजना थियो, तर आर्थिक र प्राविधिक समस्याका कारण हाल यसको मुख्य संरचना करिब ९३ फिट (२८ मिटर) को उचाइमा रहेको छ । चर्च भित्रका भित्ताहरू र स्तम्भहरूलाई समेत उत्कृष्ट कलाकृतिका माध्यमबाट सजाइएको छ ।

चर्चमा प्रसिद्ध बेल्जियन कलाकार डिर्क बाउट्स (म्ष्भचष्अ द्ययगतक) द्वारा चित्रित ’द लास्ट सपर’ (त्जभ ीबकत क्गउउभच) छ, जुन अत्यन्तै प्रसिद्ध छ । यसको मुख्य वेदी र साइड वेदीहरू विशेष रूपमा आकर्षक छन् । संग्रहालयमा मध्ययुगीन धार्मिक कलाका धेरै उदाहरणहरू आकर्षित छन् ।
सन्त पिटर चर्च लुभेनको सांस्कृतिक र धार्मिक केन्द्रको रूपमा परिचित रहेको हुँदा उत्कृष्ट पर्यटकीय गन्तव्य समेत रहेको पाइन्छ । श्रोत : भिजिट लुभेन

Share:

सम्बन्धित समाचारहरू