मगर समाज माल्टाले ४३ औं मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै

Share:

माल्टा नेपाल अनलाइन / मगर समाज माल्टाले युरोपको माल्टामा ४३ औं मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । मार्च १ तारिख फागुन १७ गते शनिबारका दिन माल्टाको जिरामा रहेको ओर्फियम थिएटरमा भेटघाट तथा शुभकामना आदान–प्रदान संगै विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी मगर एकता दिवस मनाउने भएको हो ।

माल्टा तथा गोजोमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मगर दिवस कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको भन्दै मगर दिवस कार्यक्रमको सबै तयारी पूरा भइ सकेको मगर समाज माल्टाका अध्यक्ष सन्तु थापा मगरले जानकारी दिएका छन् । मगर एकता दिवस सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सहयोग गरीदिन उनले अनुरोध समेत गरेका छन् ।

दिवसको अवसरमा हुने कार्यक्रम साँझ ४ बजेदेखि सुरु भएर रातीको १०ः३० बजे सम्म सञ्चालन हुने मगर समाज माल्टाका महासचिव भरत पाईजा मगरले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएका छन् । यस कार्यक्रममा मगर समुदायको खानाको परिकार, भाषा, संस्कृति, परम्परा, भेषभूषा तथा मौलिक कला र संस्कृति झल्किने विभिन्न प्रस्तुति समेत समावेश गरिने मगर समाज माल्टामा सल्लाहकार झलक मगर (खरमटारे) ले बताएका छन् ।

माल्टामा रहेका विभिन्न नेपाली समुदायको आफ्नो मौलिक संस्कृति झल्किने प्रस्तुती समेत रहने छ । मगर एकता दिवस सफल पार्नका लागि माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्था, पार्टीका भातृ संगठन, पत्रकार, व्यापारी समाजसेवी बुद्धिजीवी, सामाजिक अगुवा, कलाकार लगायत सबैलाई निमन्त्रणा गरिएको छ । उनले भने, “ मगर एकता दिवसले प्रवासमा रहेका हामी नेपालीहरुमा आपसी सम्बन्ध र सामाजिक सद्भावलाई थप मजुबुद बनाउने छ ।” दिवस मार्फत नेपाली संस्कृति र विदेशमा नेपाल चिनाउन सकिन्छ ।

 

Share:

सम्बन्धित समाचारहरू