नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज ईजरायलको अधिवेशन सम्पन्न

Share:

निर्मला तिमिल्सैना, ईजरायल / नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज ईजरायलको प्रथम अधिवेशन सम्पन्न भएको छ । रोजगारीको सिलसिलामा ईजरायलमा कार्यरत नेपालीहरु आवद्ध रहेको सुदूरपश्चिमेली नेपाली समाज ईजरायलको अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भएको हो ।

अनलाइन भर्चुअल मार्फत भएको अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा आशिका कुमारी भण्डारी, उपाध्यक्ष नविन जोशी, महिला उपाध्यक्ष भावना साउँद, महाँसचिव विनोद कुमार गठुन्ना, सचिव नवराज विष्ट, कोषाध्यक्ष खगिसरा बुढा (ज्योती), सहकोषाध्यक्ष जिवन डगौरा रहेका छन् । त्यसैगरी नेपालका लागि संयोजक अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सैना, सदस्यहरु नरेन्द्र सिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी, नन्दकली राना रहेका छन् ।

प्रथम अधिवेशको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै इजरायलका लागि नेपाली राजदूुत धनप्रसाद पण्डितले ईजरायलमा रहेको सुदूरपश्चिमका युवाहरु एक सुत्रमा बाधिने प्रयास गरेको भन्दै प्रशंसा गरेका थिए । उनले भेन–सुदूरपश्चिमका मात्रै तपाईहरु कति जना यहाँ बस्नु हुन्छ एकीन तथ्यांक त छैन । तर पनि तपाईहरुले आफ्नो जन्मभूमि सम्झिएर केही गर्ने प्रयासको थालनी गर्नु भएको छ, यो प्रशंसा योग्य छ ।

तँपाइहरु रोजगारीको सिलसिलामा इजरायल आउनु भएको छ, सर्वप्रथम आफ्नो शारीरिक, मानसिक स्वास्थ्यको ख्याल गर्नु होला । यहाँ सिकेका सीपहरु सुदूरपश्चिममा यहाँहरुले पुराउनु पर्छ । राजदूुत पण्डितले भने– “सुदूरपश्चिम विकासको सम्भावनै सम्भावना भएको ठाउँ हुँदाहुँदै पनि त्यहाँ गरिबी, पछौटेपन अझै कायम छ । सुदूरपश्चिम धार्मिक, साँस्कृतिक, पर्यटकीय, रुपमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो यहाँहरु त्यस ठाउँको विकासको लागि आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ ।”

राजदुत पण्डितले नेपाल सरकारले ईजरायल बाट धेरै लाभ लीन सक्ने समेत बताए ।उनले भने कृषि, आईटी लगाएतका क्षेत्रमा नेपालीहरुले ईजरायल बाट अवसर लिनु पर्ने बताए । ईजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता लामो समय देखि ईजरायलमा बस्दै आएका तर्दथ समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत गरेकी थिईन । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाजका अध्यक्ष शेर बहादुर राउत, संस्थापक अध्यक्ष एंवम् संरक्षक धनराज बलायर, सुमी शाह, ज्योती शर्मा, एनआरएनए ईजरायलका महासचिव अलिमिया, लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मूल उद्देश्य राखेर संस्थाको गठन भएको संस्थाका महाँसचिव विनोद ठगुन्नाले जानकारी दिए । ठगुन्नाले भने–यो विशुद्ध सामाजिक संस्था हो । यसले ईजरालयमा बस्ने सुदूरपश्चिमका युवाहरुले आफ्नो कला सस्कृित, भेषभुषा, रितीरिवाज, चालचलनलाई विश्वभर चिनाउन भूमिका खेल्ने छ । सुदूरपश्चिको विकासको सम्भावनालाई उजागर गर्न विदेशमा रहेका नेपालीहरुलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने गरी विश्वका २२ वटा देशमा अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाज नेपालको गठन भएको छ ।

 

Share:

सम्बन्धित समाचारहरू