माल्टा नेपाल अनलाइन संवाददाता / युरोपको माल्टामा एकजना नेपालीको हृदयघात भएर आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । पर्वत जिल्लाको फलेबास नगरपालिका १० का नारायण प्रसाद चापागाईको हृदयघात भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
हृदयघात भएका ४० वर्षका चापागाईंले आफ्नो उपचारमा सहयोग गरीदिन माल्टा लगायत देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन् । उनले भने, “मेरो घरको आर्थिक अवस्था पनि राम्रो छैन् । एकवर्ष अघि माल्टा आउँदाको १२ लाख ऋणको ब्याजको समस्या झेली रहेकै बेला मेरो हृदयघात भयो । उपचारमा धेरै खर्च लाग्ने भएकोले मेरो उपचारमा सहयोग गरीदिन सबैलाई अनरोध छ ।” विदेशमा कसलाई कतिबेला कस्तो समस्या पर्छ केही थाहा छैन । तर नेपालीहरुको मन ठूलो भएकोले मेरो उपचारमा सकेको सहयोग गर्नु हुनेछ भन्ने मैले आशा गरेको छु ।
मे २०२४ मा माल्टा आएका चापागाईंले आफू आएको कम्पनीमा काम पाएनन् । माल्टा आएपछि आफूले काम नपाएको जानकारी मेनपावर कम्पनीलाई गर्दा गैरजिम्मेवार जवाफ दिएको चापागाईं बताउँछन् । कम्पनीले काम नदिएपछि खाली बस्दै आएका चापागाईंले माल्टामा एकजना नेपालीले संचालन गरेको रेष्टुरेन्टमा काम गरेका थिए । उक्त नेपाली रेष्टुरेन्टका संचालक नेपाल गएपछि आफू काम बिहिन हुनु परेको चापागाईंले माल्टा नेपाल अनलाइनलाई बताए ।
डिसेम्बर २० तारीखका दिन एक्कासी रातीको ११ बजे हृदयघात भएको र रातीनै माल्टाको मार्टर देई अस्पतालमा गएको चापागाईं बताउँछन् । हृदयघात भएपछि मुटुको अप्रेसन गरिएको उनले बताए । अहिलेसम्म उपचारमा लागेको खर्च जम्मा २७ हजार ६ सय ६५ युरो तिर्नुपर्ने भएको छ । अस्पतालसँग हालप्रति महिना ६०० युरो किस्ताबन्दीमा उपचारमा लागेको खर्चतिर्ने सहमती भएको चापागाईंले बताए । २७ हजार ६ सय ६५ युरोको अहिलेको नेपाली रेटदर अनुसार ४२ लाख ८८ हजार ७५ रुपैया हुन आउने भएकोले यतिठूलो रकम बिरामी अवस्थामै एकलै तिर्न नसक्ने भएकै कारण दुःखमा तँपाईहरुको सहयोग आवश्यक परेकोले कृपया सहयोग गरी दिनु होला ।
आफू बिरामी भएपछि एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले अस्पतालमै पुगेर महत्वपूर्ण सहयोग गरेको बताए । उपचारमा सहयोग गर्नकै लागि सहयोग अभियान समेत चलाएको एनआरएनए अध्यक्ष खनालले बताए । हृदयघात भएका चापागाईंको उपचारको लागि जन प्रगततिशील मंच माल्टाले ४ सय ५० युरो सहयोग गरेको मंचका अध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले बताए । मार्टर देई अस्पतालमै कार्यरत हरी प्रसाद पौड्यालले नारायण चापागाईंको उपचरमा खर्च धेरै लागेको र अहिलेपनि उपचार जारी रहकोले माल्टामा रहेका सबै नेपालीलाई सहयोग गरी दिन आग्रह गरेका छन् ।चापागाईं आएको कम्पनीले काम नदिएपछि उनको कागजपत्र र प्रक्रियाको काम नभएकै कारण उपचारको ठूलो रकम अर्याल आफैले ब्यहोर्नु परेको छ । जसका कारण बीमा वा अन्य सामाजिक सुरक्षाबाट उपचार खर्च उपलब्ध गराउन नसकिएको जन प्रगततिशील मंच माल्टाका अध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले बताए । आफूलाई सहयोग गर्नको लागि रेभुलोट नम्बर +३५६ ९९१२८८८५ र सम्पर्कका लागि +३५६ ७७९१०००१ मा सम्पर्क गर्न सकिने चापागाईंले बताए ।