एनआरएनए माल्टाको कोषाध्यक्ष पदमा दिपेन्द्र कार्की निर्विरोध निर्वाचित

Share:

माल्टा नेपाल अनलाइन डेस्क
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको २०२५–२०२७ कार्यकालका लागि कोषाध्यक्ष पदमा श्री दिपेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक भुवन अर्यालका अनुसार सो पदका अर्का उम्मेदवार उदय बाबु श्रेष्ठले अन्तिम समयमा आफ्नो उम्मेदवारी ईमेल तथा सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा फिर्ता लिएको जनाइएको छ। श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै कार्की निर्विरोध बनेका हुन्।

निर्वाचन समितिले एक सार्वजनिक सूचना जारी गर्दै, आज भनिएको भेरो अनलाइन  मतदान प्रणालीमा पनि यो परिवर्तन अद्यावधिक गरिएको जानकारी दिएको छ।

भेरो अनलाइन प्रणालीले पनि सम्पुर्ण मतदाताहरुलाई इमेल मार्फत उदयबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका कारण श्री दीपेन्द्र कार्की निर्विरोध निर्वाचित भएको  जानकारी गराइसकेको छ।

Share:

सम्बन्धित समाचारहरू