सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी बन्यो एनपीएल-२ को बिजेता

Share:

माल्टा नेपाल अनलाइन
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स बिजेता बनेको छ।
शनिबार भएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।
लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १३ बलमा आक्रामक ब्याटिङ गरेका थिए।

डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई, अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए भने त्यसअघि टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाएका थिए। विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भएका थिए। हेमन्त धामी ७ रनमा अविजित रहे।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। रोहितले ११औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए।
शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३/३ र तिलक भण्डारीले एक विकेट हात पारेका थिए।

Share:

सम्बन्धित समाचारहरू