अक्टोबर -१६
माल्टा / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुबर १९ मा हुने निर्वाचनका लागि युरोप युवा संयोजकमा माल्टाका सफल व्यवसायी प्रकाश भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा हरिप्रसाद बिश्वकर्मा र सत्य झा रहेका छन् । भने समर्थनमा हरिप्रसाद पौडेल र भिमप्रसाद पाण्डे छन्। उम्मेदवारी दर्ता गराउने अन्तिम दिन आज भण्डारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
युरोप युवा संयोजकमा भण्डारी जीत सुनिश्चित भैसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि बताउँछन् ।
