मेरो सामुन्ने एउटा काग, कराउदै थियो आज ।।
आयो तिहार जानकारी, गराउदै थियो आज ।।
दिदिबैनी ओखर फोर्छन, डयाम् पार्दै ढोकामा ।
ओखर पड्की लाग्छभनि, डराउदै थियो आज ।।
खबर के ल्याथ्यो ?, सुबोल सुबोल हामीलाई ।
भन्यो गयो आकाश तिर, हराउदै थियो आज ।।
काग तिहार रहेछ बरै!, प्रदेशीलाई के थाहा र ?
बयरदाना टिपी खाई, पेट भराउदै थियो आज ।।
यमराजको दुत भन्छन, नरकबाट आउँछ अरे ।
कस्को कति आयु भन्दै, टहराउदै थियो आज ।।
एलिशराज सन्जेल, हाल माल्टा