एम्सिदा/युरोपेली मुलुक माल्टामा गुरुङ समुदायको संगठन अन्तर्गत रहेको तमु समाज माल्टाको प्रथम अधिवेशनबाट अध्यक्षमा आकाश गुरुङ सर्वसम्मत चयन भएका छन।
यहि २५ तारीख शनिबार एम्सिदामा भब्यताका साथ सम्पन्न भएको प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षता मा २१ कार्यसमिति चयन गरिएको तमु समाज माल्टाले जनाएको छ ।
जस अन्तर्गत प्रथम उपाध्यक्षमा एसपि गुरुङ द्वतिय उपाध्यक्षमा पम बहादुर गुरुङ, महिला उपाध्यक्षमा दिलु गुरुङ, महासचिवमा मन बहादुर गुरुङ,सचिवमा उत्तम गुरुङ, कोषाध्यक्षमा दीपेश गुरुङ,सह-कोषाध्यक्षमा मिन राज गुरुङ,महिला संयोजकमा युनिता गुरुङ र युवा संयोजकमा प्रबेश गुरुङ रहेका छन् भने सदस्यहरुमा रोजिना गुरुङ, नैना गुरुङ, लक्ष्मी गुरुङ,नुना गुरुङ, बिष्णु गुरुङ(म),बिष्णु गुरुङ(पु),बिना गुरुङ,ज्ञान बहादुर गुरुङ रहेका छन्।
गुरुङ समुदायको आफ्नै मौलिक संस्कृति रहेकोले साँस्कृतिक बिभाग समेत गठन गरिएको छ। जस अन्तर्गत दिर्घ सिं गुरुङ, रेक्स गुरुङ, लक्ष्मी लामा गुरुङ र निशा गुरुङलाई जिम्मा दिइएको तमु समाज माल्टाले जनाएको हो ।
