एभरेष्ट इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि युवाहरुले रुचाएका चर्चित गायक स्वप्न सुमन माल्टामा आउने भएका छन् । डिसेम्बर १४ तारिखका दिन माल्टाको जिरामा रहेको अफ्रियम थ्रियटरमा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिन गायक स्वप्न सुमन माल्टा आउने भएका हुन् ।
रोजगारीको शिलशिलामा माल्टामा रहेका नेपालीहरुलाई सांगीतिक मनोरन्जन दिनका साथै सांगीतिक क्षेत्रको विकासका लागि कार्यक्रम आयोजना गर्न लागेको एभरेष्ट इन्टरटेनमेन्ट प्रालिका सांगीतिक कार्यक्रम व्यवस्थापनका संयोजक दिपक घिमिरीले बताएका छन् ।
सांगीतिक कार्यक्रम संचालक टिमका दिनेश कार्कीले सांगीतिक कार्यक्रमका लागि विशिष्ट टिकटका लागि ५० युरो र त्यसैभित्र १० युरोको पेयपदार्थको सेवा दिने व्यवस्था गरिएको बताए । साधारण टिकटका लागि २० युरो तोकिएको छ । समयमै टिकट सुरक्षित गर्न र लोकप्रिय गायक स्वप्न सुमनको सांगीतिक प्रस्तुती हेर्नका लागि कार्कीले माल्टामा रहेका नेपालीलाई निमन्त्रण सहित अनुरोध गरेका छन् ।
स्वप्न सुमनका नामले चिनिएका गायक सुमन थापाले माल्टामा आफ्ना लोकप्रिय गीत गाउने छन् र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछन् । उनी देश तथा विदेशमा सांगीतिक प्रस्तुती दिएर लोकप्रिय बन्दै गएका गायक हुन् । गायक स्वप्न सुमन प्रेमगीत लेख्छन र गाउँछन् । यागन क्षेत्रमा फरकपन स्वाद दिएकै कारण युवाहरुको मन जित्न सफल भएका छन् । उनको पहिलो सोलो गीत के साह्रो राम्री भाकी भन्ने गीतले उनलाई सबैसामु चिनाएको थियो । सांगीतिक कार्यक्रम संचालन गर्न एभरेष्ट इन्टरटेन्मेन्ट प्रालिका दिनेश कार्की, दिपक घिमिरे, सुदिप बिक र दिपेन्द्र कार्कीको संयुक्त लगानीमा कार्यक्रम हुन लागेकोसंचालक दिनेश कार्कीले बताएका छन् ।