माल्टा नेपाल अनलाइन डेस्क
माल्टाको सडक दुर्घटनामा ज्यान गुमाएका खिम बहादुर पुनको शव आगामी अगस्ट १३ तारीख बुधवार नेपाल पठाइने भएको छ । बुधबार बिहान ९ बजे माल्टास्थित माटर देई अस्पतालको मोर्चुरीमा अन्तिम बिदाइ कार्यक्रम आयोजना गरिएको गैर आवासीय नेपाली संघ एनआरएनए माल्टाका अध्यक्ष सत्य नारायण झाले जानकारी गराएका छन् ।
उनले मृतक पुनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनले अन्तिम बिदाइ तथा पार्थिव शरीर नेपाल पठाउने कार्यक्रममा माल्टामा भएका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चीरशान्तिका लागि श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष झाले अनुरोध गरेका छन् ।

पुनको निधनबारे न्याय सुनिश्चित गर्न कानुनी प्रक्रिया अगाडि बढाइरहेको र आवश्यक कदम चालिरहेको जानकारी पनि अध्यक्ष झाले बताएका छन्। यसले पीडित परिवार र समुदायलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ।
एनआरएनए माल्टाले यो कठिन समयमा ज्यान गुमाएका पुनको परिवारलाई सहयोगका लागि समुदायबीच एकजुट भएर सहयोग गर्न समेत आग्रह गरेको छ ।



