जन प्रगतिशील मञ्च कोरियाको दोश्रो अधिबेशन सम्पन्न

Share:

आज ७ जनवरी २०२४ आइतबार नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको दोस्रो इन्छन-खिम्पो क्षेत्रीय अधिवेशन इन्छन शहरको खम्दान सागरी नजिकै नमस्ते एसिया रेष्टुरेन्टमा क्षेत्रीय अध्यक्ष कमरेड निर्मल राईको सभापतित्वमा र केन्द्रीय अध्यक्ष कमरेड इश्वर कठायतको प्रमुख आतिथ्य एवम् प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय सदस्य तथा केन्द्रीय सदस्य कमरेड श्रीप्रसाद श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार कमरेड सोम तामाङ, सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव कमरेड प्रशान्तराज वानियाँ, नेपाली जनसम्पर्क समिति इन्छन-खिम्पो क्षेत्रीय सभापति कमरेड रामकुमार गौतम सगुनज्यूलगायतको विशिष्ट आतिथ्यता र नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष एवम् सङ्गठन तथा स्कुलिङ विभाग प्रमुख कमरेड जीवन खतिवडा, सङ्गठनको केन्द्रीय महासचिव कमरेड रूद्र थापा, केन्द्रीय सचिव कमरेड हिमाल खनाल, केन्द्रीय सदस्य कमरेड दीपेन्द्र रोकाया, केन्द्रीय सदस्य कमरेड हर्क हाङ्स्रोङ, पत्रकार महासंघ दक्षिण कोरियाको पूर्व महासचिव मिन विकज्यू, पूर्व जनमुक्तिसेना कमरेड निकेश आले (राम बहादुर) लगायत कमरेडहरूको आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य कमरेड मान बहादुर विष्टले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन कमरेड गणेश सञ्ज्यालले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यूहरूलगायत अन्य जिम्मेवार कमरेडहरूले महत्वपूर्ण भनाईसहित शुभकामना मन्तव्य राख्नुभयो। प्रमुख अतिथि कमरेड इश्वर कठायतले सङ्गठनले सम्पूर्ण प्रगतिशील र क्रान्तिकारी युवाहरूको समग्र नेतृत्व गर्ने मुख्य ध्येय राखेर दृढतापूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

आज सम्पन्न दोस्रो अधिवेशनबाट कमरेड निकेश आले (राम बहादुर) को अध्यक्षतामा तपसिल बमोजिमको २१ सदस्यीय इन्छन-खिम्पो क्षेत्रीय कमिटी सर्वसम्मत निर्वाचित गरिएको छ।

तपसिल:
१. अध्यक्ष: निकेश आले (राम बहादुर)
२. उपाध्यक्ष: जय कुमार राई
३. उपाध्यक्ष: राम कार्की
४. सचिव: गणेश सञ्ज्याल
५. सहसचिब: डिबी लिम्बु
६. कोषाध्यक्ष: मङ्गल बहादुर शाही
सदस्यहरू:
७. विशाल पूर्वछाने
८. भीष्मराज मिश्र
९. टीकाराम बस्नेत
१०. उत्तम राना
११. काजी मगर
१२. मोहन लिम्बू
१३. प्रदीप न्यौपाने
१४. आकाश लिम्बू
१५. कल्प भट्टराई
१६. बसन्त जंग थापा
१७. रमेश राई
१८.
१९.
२०.
२१.
बैठकबाट पछि कार्यसमितिले ४ जना सदस्य मनोनीत गर्नेछ।

Share:

सम्बन्धित समाचारहरू