माल्टामा नेवा समाज गठन  : अध्यक्षमा समाजसेवी टिका श्रेष्ठ चयन

Share:

माल्टा नेपाल अनलाइन / युरोपको माल्टामा नेवा समाज गठन गरिएको छ । अध्यक्षमा समाजसेवी टिका श्रेष्ठ (अबि) लाई सर्वसम्मत चयन गर्दै नेवा समाज गठन गरिएको हो । मार्च २ तारिख २०८१ साल फागुन १८ गते माल्टाको बुजिब्बामा रहेको रोयल दरबारमा भएको नेवार समुदायको भेलाबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरिएको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ,उपाध्यक्ष सचिन यान्दयो, महिला उपाध्यक्ष अल्का अवांले, महासचिव निरज श्रेष्ठ, सचिव सुचिन श्रेष्ठ, कोषाध्यक्ष डेबिड ताम्राकार र सह–कोषाध्यक्षमा रुपेश सुवाल रहेका छन् । सदस्यमा क्रमशः मीन बहादुर श्रेष्ठ, मित्र बन्दु श्रेष्ठ र शोफिन श्रेष्ठ रहेका छन् ।त्यसैगरी भेलाले समाजको संरक्षकमा निरज श्रेष्ठ, युवा संयोजकमा आशिष् श्रेष्ठ र महिला संयोजकमा सोनी महर्जनलाई चयन गरेको छ भने सल्लाहकारमा उदय बाबू श्रेष्ठ र ःलाल काजी श्रेष्ठलाई चयन गरेको अध्यक्ष टिका श्रेष्ठ (अबि) ले जानकारी दिएका छन् ।

एनआरएनए माल्टाका कोषाध्यक्ष एवम् नेवा समाज माल्टाका संरक्षक निरज श्रेष्ठले माल्टामा नेवार समुदायलाई एकै ठाउँमा ल्याउनको लागि नेवा समाजको गठन गरिएको बताए । एनआरएनए माल्टाले केही समय अघि संचालन गरेको राहदानी नवीकरण शिविरमा राहदानी नवीकरण गर्न आउने नेवार समुदायको संख्या आफूले धेरै देखेको र त्यहीबेला माल्टामा नेवा समाज गठन गर्नुपर्छ भन्ने सोच मनमा आएको नेवा समाजका परिकल्पनाकार संरक्षक श्रेष्ठले बताए ।

राहदनी नवीकरणकै समयमा मैले माल्टामा नेवा समाज गठन गर्ने बारे कुरा चलाए । सबैले सकारात्क प्रतिक्रिया पनि दिए । तयहीबेला देखि निरन्तर भेटघाट र छलफलमा जुटेको बताउँदै आज नेवा समाज गठन हुँदा धेरै खुसी लागेको उनले बताए । देशमा होस या देशभन्दा बाहिर अन्य समुदायको तुलनामा नेवार समुदाय खुलेर सामाजिक रुपमा आउन सकेको अवस्था छैन । भाषा, कला, संस्कृति रिती–रिवाज चालचलन र मौलिक परम्परामा नेवार समुदाय धेरै नै अगाडी छ र नेवार समुदायले मनाउने चाडपर्व पनि धेरै छन । माल्टामा पनि नेवार समुदायको संस्कृतिको संरक्षण र पवद्धन गर्नको लागि समाजको स्थापना गरिएको उनले बताए ।

नेवारहरुको नयाँवर्ष नेपाल सम्मत् र तिहारको अघिल्लो राती गरिने मह पूजालाई विेशेष प्राथमिकतामा राखेर नेवा समाज माल्टाले नयाँवर्ष र तिहार मनाउने श्रेष्ठले बताए । यसका साथै विभिन्न सामाजिक काम समेत गर्ने उनी बताउँछन् । रोजगारीको सिलसिलामा माल्टामा आएका हामी नेवार समुदाय पनि एकिकृत हुनुपर्छ र नेवार समुदायको रिती–रिवाज र संस्कृतिको संरक्षण गर्नको लागि नेवा समाज गठन गरिएको समाजका वरिष्ठ उपाध्यक्ष शंकर श्रेष्ठले बताए ।

“म अनि हामीबाट सुरु गरौं” भन्ने नाराका साथ नेवा समाज माल्टाले नेवार समुदायको आफ्नो मौलिकपन भाषा, संस्कार, संस्कृति र परम्परा झल्काउँदै विदेशमा पनि नेपाल चिनाउने गरी आगामी दिनमा सामाजिक गतिविधी गर्ने उनले बताए । साथै नेवा समाज माल्टाको मानवीय र सामाजिक परोपकारी काम समेत गर्ने उद्देश्य रहेको भन्दै माल्टामा रहेका नेवारहरुको तथ्यांक संकलन गर्ने र उनीहरुलाई समाजमा आवद्ध गरेर जाने श्रेष्ठ बताउँछन् ।

माल्टामा रहेका हामी सबै नेपालीले सबैभन्दा पहिले नेपाली हौं भन्ने बिर्संन हुँदैन । हामी सबैमा नेपालीको भावना भएमात्र एक ठाउँमा अटाउन सक्ने भएकोले एक समुदायले अर्को समुदायको सम्मान गर्दै अगाडी बढ्न सकिनेमा श्रेष्ठले जोड दिए । माल्टामा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने सामाजिक कार्यहरुमा समन्वय र सहकार्य गर्दै जाने उनले बताए ।

नेवा समाजको गठन भएपछि सामाजिक संजालमा यतिबेला बधाई तथा शुभकामना दिँदै राम्रो कामको थालनी भएको प्रतिक्रिया आइरहेको छ । एनआरएनए माल्टाका सल्लाहकार एवम् जनसम्पर्क समिति माल्टाका सभापती हरी बिसीले माल्टामा नेवा समाज गठन भएकोमा धेरे खसी लागेको भन्दै बधाई तथा शुभकामना दिएका छन् । माल्टामा रहेका प्रवासी नेपालीहरुको सकारात्मक प्रतिक्रियाले नेवा समाज माल्टालाई थप उर्जा मिलेको नेवा समाजका महासचिव निरज श्रेष्ठले बताए ।

 

 

 

Share:

सम्बन्धित समाचारहरू