माल्टा नेपाल अनलाइन / युरोपको माल्टामा नेपालीहरुको फुटबल क्लबमा अब्बल रहेको नेपाल माल्टा फुटबल क्लब (एनएमएफसी)ले नयाँ वर्ष २०८२ को अवसर पारेर चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । आउँदो मार्च ३० तारिखको दिन मोस्टा फुटबल मैदानमा बिहान १० बजेबाट खेल सुरु गरिने क्लबका अध्यक्ष राजेन्द्र विष्टले जानकारी दिए। उक्त दिन पुरुष संगै महिलाहरुको समेत फुटबल खेल रहेकोले महिलाहरुको टिमलाई समेत खेलमा सहभागीता गराउन सम्पुर्ण क्लबहरुमा अध्यक्ष बिष्टले अनुरोध गरेका छन् । उक्त दिन प्रतियोगिता संगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय ५५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्। भने दोस्रो हुनेले ७ सय ७७ युरो, ट्रफी, मेडल र प्रमाणपत्र समेत पाउने भएका छन्। यही २७ तारीख सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क: १ सय ५५ युरो रहेको छ। ट्राईसिट समेत त्यसै दिन वितरण हुने अध्यक्ष विष्टले जानकारी दिए । यस प्रतियोगिताको संयोजकमा बिधान कार्की, उप-संयोजकमा पाल्देन शेर्पा र रोशन आचार्य रहेका छन् ।
६ वर्ष पहिले स्थापना भएको यस एनएमएफसी क्लबले वर्षेनी लिग र टुर्नामेण्टहरु गर्दै आइरहेको छ ।
पटक- पटक बेल्जियम, फ्रान्स, डेनमार्क लगाएतका देशमा पुगेर पनि खेल खेलिसकेको एनएमएफसीका संचालक आकाश गुरुङले बताए । एनएमएफसीले हरेक हप्ता खेल अभ्यास र तालिम समेत दिदै आइरहेको संचालक गुरुङले जानकारी दिए। माल्टिजहरुका क्लबहरुसँग बलियो प्रतिस्पर्धामा उत्रने गरेको यस क्लबले
रोजगारीका लागि माल्टामा रहेका युवाहरुले खेल प्रतिभा उजागर गर्दै खेलकुद मार्फत एक आपसमा सद्भाव कायम राखेको छ। खेलकुद लगाए विभिन्न सामाजिक कार्यमा समेत अग्रसर रहेको यस क्लबले नेपालीहरुको कला, भाषा, संस्कृतीको संरक्षण र प्रवर्धनमा समेत जोड दिदै आइरहेको छ। खेलकुद सम्बन्धी थप जानकारी चाहिएमा +३५६९९०१५४४२मा सम्पर्क गर्न समेत आयोजकले माल्टा नेपाल अनलाइनलाई जानकारी गराएका छन् ।



