राजदूत शानिलसँग एनआरएनए माल्टाले गर्यो आप्रवासी नेपालीका समस्याको बारेमा छलफल

Share:

माल्टा नेपाल अनलाइन संवाददाता / राजदूत शानिल नेपालसँग रोजगारीको सिलसिलामा माल्टामा रहेका आप्रवासी नेपालीले छलफल गरेका छन् । युरोपको स्पेन र माल्टाका लागि गैर आवासीय राजदूत नेपाल आफ्नो ओहदाको प्रमाणपत्र माल्टाका राष्ट्रपतिलाई बmुझाउन आएको बेला माल्टामा रहेका आप्रवासी नेपालीले आफूले भोगेका समस्याको बारेमा राजदूतसंग छलफल गरेका हुन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले मे २९ तारीख आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा माल्टामा नेपालीहरुले भोग्नु परेका समस्या र समस्या समाधानका उपायका विषयमा छलफल भएको थियो । राहदानी र कन्सुलर सेवा सम्बन्धी महत्वपूर्ण छलफल भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजदूत नेपालले समस्या समाधानका लागि आफूले सहयोगी भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरको उल्लेखनीय सहभागिता रहेको थियो । छलफल कार्यक्रममा कानूनी लगायत अन्य विभिन्न समस्या झेल्दै आएका आप्रवासी नेपालीको समस्या समाधान र सहजताको लागि नेपाल सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नु पर्नेमा सहभागीले जोड दिएको एनआरएनए माल्टाका सल्लाहकार हरी बिसीले बताए ।

Share:

सम्बन्धित समाचारहरू