स्पेनको बेनिड्रोममा भएको राहदानी घुम्ती शिविरबाट २५२ जना लाभान्वित

Share:

विप्लव काफ्ले
स्पेन । आलिकान्तेको बेनिड्रोममा दुई दिन सम्म संचालित राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए ।
नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए ।

काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए । राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जाने-आउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए । दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन्द, लक्ष्मण शर्मा, विभागकि ज्योत्सना काफ्ले सहितको टोलिले सेवा प्रवाह गरेको थियो ।
शिविर संयोजक असिम लोप्चनले उल्लेख्य सहभागीता सहित शिविर सफल बनेको बताए।

घरदैलोमै सेवा पाएको प्रतिक्रिया सबैले दिनुभयो उनले भने, ´छिटोछरितो सेवा लिदा सबै खुशी भए ।`
समाजका महासचिव विजय कुँवरले हालसम्मकै व्यवस्थित शिवर हुन पुगेको बताए । ´गुनासो रहित शिविर बन्यो, टोकन सिस्टमले सहज भयो`उनले भने । बायोमेट्रिक दिएर अधिकाँस उहीँ दिन काममा जान पाए । एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले शिविरले धेरैको समय र खर्च बचत भएको बताए । ´कामबाट विदा लिएर घण्टौँ यात्रामा म्याड्रिड पुग्नुपरेन, नजिकै सेवा पाए उनले भने । ´क्षेत्रगत वर्षेनी शिविरहरु हुनुपर्छ भन्ने सन्देश पनि हो ।` समाजका संरक्षक स्मृति गौतमले हेल्प डेस्कमा समाज र एनआरएनए पनि सक्रियहुदा शिवीर व्यवस्थित हुन पुगेको बताइन् । समाजका अध्यक्ष केसरबहादुर थापाले शिविर सञ्चालन गरेकोमा राजदूतावासलाई धन्यवाद दिए । एनआरएनए स्पेनमा उपमहासचिव केशवराज कँडेलले निरन्तरको प्रयासमा छोटो अवधिमै शिविर आयोजना भएपनि उल्लेख्य सहभागीता हुन पुगेको बताए ।

´शिविर यसपालि ऐतिहासिक रह्यो, सेवाग्राहीले कुनैपनि फजुल खर्च गर्नुपरेन उनले भने आगामी दिनमा पनि यस्तै व्यवस्थित शिविर हुनेछन् । राजदूतावासको टोलिले छिटोछरितो राहदानी सेवा दिदा सेवाग्राहीहरु प्रफुल्लित भएका थिए । २ सय ५२ जनाले राहदानीका लागि बायोमेट्रिक दिएका थिए ।

Share:

सम्बन्धित समाचारहरू