माल्टामा निधन भएका न्यौपानेको परिवारलाई सेफ सोसाइटी माल्टाले गर्यो १ लाख ३ हजार ८ सय सहयोग

Share:

माल्टा नेपाल अनलाइन डेस्क / माल्टाको समुद्रमा डुबेर निधन भएका अनिस न्यौपाने (रोबर्ट) को परिवारलाई अन्तराष्ट्रिय सेफ सोसााइटी माल्टाले १ लाख ३ हजार ८ सय रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको नवलपरासी, देवचुली नगरपालिका–१३, दलदले निवासी २५ वर्षीय अनिश रोबर्ट न्यौपाने (एलिश) को सन् २०२५ जुलाई ८ तारिख, बिहान १ बजे माल्टाको स्लेइमा समुद्र किनारमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । न्यौपाने रोजगारीका सिलसिलामा विगत डेढ वर्षदेखि माल्टामा रहेका थिए भने उनी ओर्मी क्षेत्रमा बस्दै आएका थिए ।

न्यौपानेको शव व्यवस्थापन, शवलाई नेपाल पठाउनको लागि र काजकिरिया गर्नमा सहयोग होस् भनेर अन्तरााष्ट्रिय सेफ सोसााइटी माल्टाले माल्टामा रहेका सेफहरुबाट आर्थिक सहयोग संकलन गरेर न्यौपानेको आमा भगवती न्यौपानेको एनआइसी यसिया बैंकमा रहेको खातामा पठाएको सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए । सहयोग रकम पाएपछि दुखमा साथ दिदै सहयोग गर्ने माल्टामा रहेका सेफहरु लगायत सबै नेपालीलाई भगवती न्यौपानेले धन्यवाद दिएकी छन् ।

संस्था स्थापना भएको छोटो समयमा संस्थागत विकास संगै मानविय सेवा र परोपकारी काम गर्दै आएको सेफ सोसाइटी माल्टाले रचनात्मक काम गरेर चर्चामा रहेको छ । केही समय अगाडी माल्टामा ब्लड क्यान्सर पीडित सुरज लौडारीलाई अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले उपचारको लागि १ लाख २४ हजार ४ सय १० रुपैया आर्थिक सहयोग समेत गरेको उपाध्यक्ष बावु अर्यालले बताए । सहयोग गर्ने सबैलाई उनले धन्यवाद् समेत दिएका छन् ।

 

Share:

सम्बन्धित समाचारहरू