व्यवसायी दुर्गा प्रसाईंले गरे सर्वोच्च अदालतमा रिट दायर

Share:

नोभेम्बर -२४

काठमाडौं । कानुन बिपरित आफूलाई  नजरबन्द गरिएको भन्दै व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्
रिटमा नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्था र सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन माग गरिएको छ ।

प्रसाईंले  शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै पप्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै आफूलाई  नजरबन्दमा राखेको बताएका छन् । रिटको पेसी भने आइतबारलाई तोकिएको छ ।

Share:

सम्बन्धित समाचारहरू