झापाली समाज माल्टाको चौथो अधिवेशन सम्पन्न : नयाँ नेतृत्वमा एकता र ऊर्जा

Share:

माल्टा नेपाल अनलाइन /प्रवासी भूमिमा रहेर पनि जन्मभूमि झापाप्रतिको अपनत्व, संस्कार र सामूहिक जिम्मेवारीलाई निरन्तर जोगाउँदै आएको झापाली समाज माल्टाले नयाँ नेतृत्व पाएको छ। समाजको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिबार माल्टामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम झापाली समाज माल्टाको २०२३–२०२५ कार्यकालका अध्यक्ष मुक्तिलाल पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, समाजसेवी र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले समाजप्रतिको साझा प्रतिबद्धता र एकताको सन्देश देखिएको थियो ।

नवनिर्वाचित अध्यक्ष एकराज राउतले समाज कुनै औपचारिक संस्था मात्र नभई प्रवासी झापालीहरूको साझा भावना, भरोसा र सहकार्यको केन्द्र भएको उल्लेख गरे। उनले प्रवासी जीवनका चुनौतीहरूलाई सामूहिक शक्ति मार्फत सामना गर्दै समाजलाई अझ समावेशी, सक्रिय र पारदर्शी बनाउने जनाए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गरिने स्पष्ट पार्दै उनले भने “युवाहरूको सक्रिय सहभागिता, महिलाको नेतृत्वदायी भूमिका र सामाजिक उत्तरदायित्वलाई आगामी कार्यकालका मुख्य प्राथमिकता हुनेछ।” त्यसैगरि महासचिव ऋषिराम काफ्लेले नयाँ कार्यसमितिले समुदायको ठूलो विश्वास र जिम्मेवारी प्राप्त गरेको उल्लेख गरे ।  सामाजिक सहयोग, आपतकालीन सहायता, सांस्कृतिक संरक्षण र नयाँ पुस्तालाई भाषा तथा संस्कृतिसँग जोड्ने कार्यक्रमहरूलाई संस्थागत रूपमा अघि बढाइने जानकारी दिदै <span;>महासचिव काफ्लेले पारदर्शिता, निरन्तरता र परिणाममुखी कार्यशैलीमार्फत समुदायको भरोसा कायम राखिने बताए ।कार्यक्रममा झापाली समाज माल्टाकी संस्थापक अध्यक्ष शर्मिला बस्नेत प्रमुख अतिथिका रूपमा रहेकी थिइन् । कार्यक्रममा तामाङ समाज माल्टाका अध्यक्ष सुनिलदोङ तामाङ, किरात याक्थुङ चुम्लुङ माल्टाका अध्यक्ष प्रेम लिम्बु, मगर समाज माल्टाका महासचिव भरत पाइजा, व्यवसायी तथा समाजसेवी भुवन अर्याल, समाजसेवी चित्राङ लिम्बु, काव्य कटवाल र प्रकाश भण्डारीलगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य महिला उपाध्यक्ष शिक्षा घिमिरेले राखेकि थिइन् । कार्यक्रम सञ्चालन भने  २०२३–२०२५ कार्यकालका कार्यवाहक महासचिव ऋषिराम काफ्लेले गरेका थिए ।
चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष एकराज राउत, वरिष्ठ उपाध्यक्ष त्रिदेव प्रसाईँ, उपाध्यक्ष लोरेन लेप्चा, महिला उपाध्यक्ष शिक्षा घिमिरे, युवा उपाध्यक्ष नवराज बानिया, महासचिव ऋषिराम काफ्ले, सचिव मनोज चिमरिया, सहसचिव उद्धव खनाल, कोषाध्यक्ष जीवन पोखरेल, सह–कोषाध्यक्ष सिद्धार्थ गौतम, प्रवक्ता प्रभाकर गिरी, युवा संयोजक डिकेश काफ्ले, महिला संयोजक मनिषा थपलिया र युवा उपसंयोजक प्रताप राई रहेका छन्। कार्यसमितिका सदस्यहरूमा प्रकाश थापा, मन्थन बस्नेत, सुवास भण्डारी, करण मेचे, अमित मेचे, अशोक मेचे, धनपति बराल, मित्रलाल श्रेष्ठ, अभिषेक पोखरेल, राजु ढकाल, कैलास सापकोटा र योगेन्द्र मैनाली रहेका छन्।

त्यसैगरी सल्लाहकार संयोजक मुक्तिलाल पुरी, सदस्य सचिव भक्तबहादुर भण्डारी तथा सल्लाहकार सदस्यहरूमा प्रकाश शर्मा, शर्मिला बस्नेत, लालकाजी श्रेष्ठ, उपेन गिरी, नवीन गिरी, श्यामकुमार बस्नेत, अंश तेजबहादुर लिम्बु (स्यान्डी), कृष्ण गिरी, भुवन झा र कमल पोखरेल रहेका छन्।

पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमसँगै झापाली समाज माल्टाले नयाँ नेतृत्व, नयाँ ऊर्जा र स्पष्ट दृष्टिकोणका साथ समुदाय केन्द्रित यात्रालाई अघि बढाएको छ। प्रवासी झापालीहरूबीच आपसी सहयोग, सद्भाव र एकताको आधारलाई थप मजबुत बनाउँदै समाजले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू