माल्टा नेपाल अनलाइन डेस्क
गैर आवासीय नेपाली संघ एनआरएनए माल्टाका निर्वतमान अध्यक्ष रेमलाल खनालले संस्थालाई फुटाउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ । आफ्नो दुई वर्षको कार्यकालमा साधारणसभा समेत नगरेका अध्यक्ष खनालले संस्थाको विधान अनुसार आफ्नो कार्यकाल यही जुलाईमा सकिन लाग्दा पनि अधिवेशन नगरी संस्था फुटाउने खेलमा लागेको भन्दै चौतर्फी विरोध भएको हो ।
एनआरएनए केन्द्रको विधान मिचेर काम गरेको भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीले रेमलाल खनाल अध्यक्ष रहेको एनआरएनए माल्टाको कार्यसमिति केहीदिन पहिले विघटन गरेको थियो । संघको २०६० सालमा बनेको तथा २०७९ मा संशोधित विधानको धारा १७ को उपधारा १७.७ अनुसार परिषद्ले संस्थागत उद्देश्यअनुसार कार्य नगरेको, संघका निर्देशनको पालना नगरेको, समयमै महाधिवेशन नगरेको तथा सदस्य व्यवस्थापन प्रणाली एमआईएस प्रयोग नगरेको भन्दै एनआरएनए माल्टा विघटन गरेको आईसीसीले जनाएको छ ।
महाधिवेशन नगरी विधान र प्रक्रिया मिचेर कार्यकाल लम्याउन खोज्ने अध्यक्ष खनालको सपना पूरा नभएपछि उनी गुट तयार पारेर संस्था फुटाउने खेलमा लागेको निवर्तमान कार्यसमितिका पदाधिकारीले माल्टा नेपाल अनलाइनलाई बताए । कार्यसमितिको बहुमत संख्याले संस्थाको विधान बमोजिम समयमै महाधिवेशन आयोजना गरी संस्थालाई गतिशील बनाउनु पर्ने बताए पनि अल्पमतमा परेका अध्यक्ष खनालले महाधिवेशन आयोजना नगरी उल्टै संस्था फुटाउने खेलमा लागेको भन्दै उनीहरुले अध्यक्ष खनालको विरोध गरेका छन् ।
अध्यक्ष खनालले आईसीसीलाई नमान्ने बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी अन्र्तगत रहेको एनआरएनए माल्टाका लागि दुईवर्ष अघि खनाल अध्यक्ष भएका थिए । आईसीसीको निति निर्देशनलाई मान्दै आएका खनालले केही समय पहिले युरोप क्षेत्रीय स्तरीय सम्मेलन समेत आयोजना गरेका थिए । अहिले सम्म सबै केन्द्रको नियमलाई मान्दै र कार्यन्वयन गर्दै आएका खनालले कार्यकाल सकिन लाग्दा पनि विधान बमोजिम जिम्मेवारी हस्तातर नगरेर विधान मिचेरै भएपनि अध्यक्षमै रही रहने नियत देखियो । केन्द्रले विधान अनुसार काम नगरेको भन्दै एनआरएनए माल्टाको कार्यसमिति नै विघटन गरेपछि खनाल खुलेरै संस्था फुटाउने खेलमा लागेको उनका पछिल्ला गतिविधिले पुष्टि गरेको एनआरएनए अभियन्ताहरु बताउँछन् ।
माल्टामा अहिले अध्यक्ष खनालको नैतिकतामाथी प्रश्न औल्याउदै विरोध भइरहेको छ । महाधिवेशन गर्न नसकेर कार्यसमिति विघटन भएपछि दुई वर्षको अवधिमा एनआरएनए माल्टाले गरेका कुनैपनि कामको औचित्य नरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले बताए । राम्रो काम गर्दागर्दै पनि अध्यक्ष खनालकै कारण पुरै कार्यसमितिले असफल र असक्षम बन्नुपर्दा आफू सहित धेरैलाई दुख लाग्ने गरेको उपाध्यक्ष सत्यनारायण झाले बताए ।
समयमा साधारणसभा र महाधिवेशन गर्न नसकेर एनआरएनए माल्टाले ठूलो कमजोरी गरेको सामाजिक अगुवा र बुद्धिजिवीहरु बताउँछन् । आर्थिक पादर्शिता सम्बन्धी दुई वर्षको अवधीमा कार्यसमिति भित्र कुनै छलफल नगरेको र कार्यसमितिको बैठकमा आर्थिक कोषको हिसावबारे कुरा उठाउँदा अध्यक्ष र कोषाध्यक्ष दुईजनाले सुनुवाई नगरेको आरोप लगाउँदै आर्थिकको मामिलामा उनीहरु दुबै जना जिम्मेवार रहने कार्यसमितिका पदाधिकारी बताउँछन् ।
अध्यक्ष खनाललाई विधान बमोजिम काम गर्न नदिनेहरुकै कारण समस्या उत्पन्न भएको अध्यक्ष .खनालका निकट मानिने (नाम उल्लेख) नगर्ने गरी एकजना प्रतिष्ठित व्यक्तिले बताए । उनले भने, “अरुले काम गर्न नदिएपनि गलतका विरुद्ध खनालले बोलेर विधानको पालना गर्नु प्रथ्र्यो । अध्यक्ष खनालले गरेका राम्रा कामको जस पनि उनैले लिन्थे । तर मिलेको एनआरएनएलाई फुटाउने भूमिका खेलेर खनालले ठूलो गल्ती गरे ।”
अध्यक्ष खनाललाई जीताउन र्मैले ठूलो भूमिका खेलेको थिए । मैले उनलाई जिताए पनि । उनले गरेका राम्रा काममा मैले साथ पनि दिदैं आएको थिए । विचारका हिसावले हामीहरु एउटै पार्टीका हौं । तर पछिल्लो समयमा अध्यक्ष खनालले संस्थाको विधान मिचेर गैरजिम्मेवार तरिकाले कामगर्न थालेपछि आफूलाई मन नपरेको भन्दै अध्यक्ष खनालको कार्यशैलीको उनले विरोध समेत गरें ।
अझैं समय छ उनले गलत सल्लाह दिनेको कुरा नसुनी आफ्नो गल्तीहरु स्वीकार गरेर एनआरएनलाई नफुटाइ एउटै बनाएर सबैको मन जित्ने । यदि खनालकै कार्यकालमा एनआरएनए माल्टा फुट्यो भने खनालको जिवनमा संस्था फुटाएको कालो दाग लागी रहने छ । कालो दाग लाग्न नदिन संस्थाको विधान अनुसार काम गर्नुको अर्को कुनै विकल्प खनालसँग नरहेको उनले बताए ।