“नेपाली श्रमिकको प्रशंसा गर्दै माल्टा सरकार समस्या समधानमा प्रर्तिबद्ध”

Share:

माल्टा नेपाल अनलाइन डेस्क / नेपाली श्रमिकको माल्टा सरकारले प्रशंसा गर्दै श्रमिकले भोगेका समस्या समाधानमा सरकार सधैं प्रर्तिबद्ध रहेको बताएको छ । गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाले माल्टाको सरकारी अधिकारीसँग गरेको भेटमा माल्टा सरकारका अधिकारीले नेपाली श्रमिकले भोगेका समस्या समाधानमा सरकार सधैं प्रर्तिबद्ध रहेको बताएका हुन् ।

जुन १० बुधबारका दिन माल्टा स्थित गृह मन्त्रालयका प्रवासनसम्बन्धि हेर्ने उच्चअधिकारी माल्कम कुटायरसँग भएको भेटवार्तामा कुटायरले नेपाली श्रमिकहरुले माल्टाको अर्थतन्त्रको विकासमा गरेको उच्च योगदानको प्रशंसा गरेका थिए । नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्ने माल्टा सरकारको तर्फबाट कुटायरले प्रतिबद्धता जनाएका थिए ।

एनआरएनए माल्टाका अध्यक्ष रोशन गिरीको अगुवाईमा संस्थाका उपाध्यक्ष अमर बहादुर रावत र महासचिव विरोजंग पाण्डेको टिमले माल्टामा आप्रवासी नेपाली श्रमिकले भोगेका समस्याहरुको बारेमा गहन रुपमा छलफल गरेका थिए । छलफलकै क्रममा एनआरएनए माल्टाले आप्रवासी नेपालीले भोग्दै आएका समस्या र समाधानका उपायबारे समेटिएको ज्ञापनपत्र पेश गरेर मन्त्रालयका अधिकारीलाई बुझाएको अध्यक्ष गिरीले बताए । मन्त्रालयका अधिकारीसँगको भेट नेपाली श्रमिकहरुका लागि महत्वपूर्ण रहेको भन्दै अर्थपूर्ण र उपलिब्धमुलक रहेको उनले बताए ।

अधिकारीसंगको भेटमा कानुनी रुपमा भोग्नु परेका समस्या सिंगल पर्मिट आवेदन (नयाँ, कम्पनी परिवर्तन र नवीकरण) लगायतका समस्यारुको बरेमा जनकारी गरिएको थियो । माल्टामा नेपाली दूतावास नहुँदा कागजात प्रमाणीकरणमा देखिएका समस्यामा सहजतापन ल्याउने बारेमा छलफल भएको उपाध्यक्ष अमर बहादुर रावतले बताएका छन् । कामका लागि माल्टा आएको १ वर्ष नपुगेका श्रमिकले कुनैपनि दुर्घटनामा पर्दा कागजपत्र र प्रक्रियाको समस्या देखाएर उपचारका लागि धेरै ठूलो रकम तिर्नुपर्ने बाध्यता हटाउन र इन्स्योरेन्स कम्पनीसँग सिधा भुक्तानीको व्यवस्था गर्न गरिएको मागप्रति माल्टा सरकारले सहजहुने प्रक्रिया अगाडी बढाउने महत्पूर्ण कुरा भएको अध्यक्ष गिरीले माल्टा नेपाल अनलाइनलाई बताए ।

विभिन्न कारणले माल्टामा समस्यामा रहेका नेपालीहरुले नेपाल फर्किनै पर्ने बाध्यतात्मक अवस्थामा एनआरएनएमार्फत विवरण मन्त्रालयमा आवश्यक प्रक्रिया पुरागरी नेपाल फर्काउने व्यवस्था गरिने र नेपाल फर्किने हवाई टिकटको व्यवस्था समेत माल्टा सरकारले गरीदिने बारे भेटमा सकारात्मक छलफल एनआरएनए माल्टाका महासचिव बिरोजंग पाण्डेले बताए । माल्टा सरकारले आप्रवासी नेपाली श्रमिकले माल्टामा पुगाएको योगदानको सम्मान र प्रशंसा गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले नेपालीहरुले माल्टा सरकाराई धन्यवाद् दिदै खुसी प्रकट गरेका छन् ।

मन्त्रालयमा बुझाएको ७ बुँदे ज्ञापनपत्रमा पर्मिट प्रोसेसिङ र पासपार्टको ८ महिने म्याद नियम, कार्यस्थालमा दुर्घटना, स्वास्थ्य बिमा र हस्पिटल बिलिङ, इमिग्रेसन सम्बन्धी समस्या र समाधान, समस्यामा परेका नेपालीहरुको उद्धार तथा सरकारी सहयोग, ५ वर्षभन्दा बढी कार्यरत नेपालीहरुको रेसिडेन्सी र बिलोङ कोर्स, नेपाली क्याव चालकहरुको समस्या र समाधान, मन्त्रालय र एनआरएनएबीच निरन्तर सहकार्य गर्ने बारेमा समेटिएको ज्ञापनपत्र एनआरएनए माल्टाले बुझाएको अध्यक्ष गिरीले बताए ।

 

 

 

 

Share:

सम्बन्धित समाचारहरू