माल्टामा ‘जेरी अन टप’ उत्कृष्ट प्रदर्शन : दुबै शो हाउसफुल

Share:

माल्टा नेपाल अनलाइन डेस्क
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘जेरी अन टप’ माल्टामा अत्यधिक सफल भएको छ। माल्टामा प्रदर्शन भएको पहिलो शो पूर्ण रूपमा हाउसफुल मात्र नभई नोभेम्बर १ तारिख राति १०:४५ बजे हुने दोस्रो शो पनि हाउसफुल हुँदै गएको आयोजकले जानकारी दिएका छन् ।

माल्टाको चर्चित शहर सेन्ट जुलियनस्थित  इडन सिनेमा हलमा टिकट सकिएको कारण धेरै दर्शकहरू सिधै हलमै पुगेर कोही सिढीमा बसेर त कोहि उभिएर समेत चलचित्र हेरेको नेप–फाइभ इन्टरटेन्मेन्टका सञ्चालक सुवास ढकालले बताए । उनका अनुसार, यो दृश्यले माल्टामा नेपाली चलचित्रप्रतिको उच्च उत्साह पुष्टि गरेको छ।

चलचित्रमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी र केदारप्रसाद घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा देखिएका छन्। चलचित्र हेरेपछि नेपाली दर्शकले उत्कृष्ट कथा, रमाइलो प्रस्तुति र कलाकारहरूको दमदार अभिनयको प्रशंसा गरेका छन्।

नेप–फाइभ इन्टरटेन्मेन्टका अनुसार, माल्टामा नेपाली चलचित्रलाई नियमित प्रदर्शन गर्ने परम्परा सुरु गर्नकै लागि यो पहल गरिएको हो। ढकालले भने,“यस्ता कार्यक्रमहरूले माल्टामा मात्र नभई युरोपका नेपाली समुदायमा समेत नेपाली सिनेमाप्रतिको आकर्षण बढाउनेछन्।”
संस्थाले निकट भविष्यमा अर्को नेपाली चलचित्र पनि माल्टामा प्रदर्शन गर्ने तयारी गरिरहेको छ। फिल्म हेर्नका लागि https://www.ticketly.eu/m/jot-mt मार्फत टिकट खरिद गर्न सकिने छ।

युरोपेली परिवेशमा आफ्नै भाषा–संस्कृतिका कथाहरू पर्दामा हेर्ने अवसर पाउँदा प्रवासमा रहेका नेपालीहरू निकै उत्साहित देखिएका छन्। माल्टाबासी नेपालीहरु दर्शकहरुले यस चलचित्रले मातृभूमिको सम्झना दिलाएको भन्दै फिल्मको प्रसंशा गरे भने  नेप–फाइभ इन्टरटेन्मेन्टलाई धन्यवाद दिएका थिए ।

Share:

सम्बन्धित समाचारहरू