माल्टामा नेपाली युवती रबिना केसीको निधन : एनआरएनएद्वारा शव नेपाल पठाउन सहयोगको अपिल

Share:

नेपाल अनलाइन डेस्क/ विदेशमा रोजगारीका लागि गएका नेपाली युवाहरूको जीवन चुनौतीपूर्ण छ । तीमध्ये एक थिइन् २६ वर्षीय रबिना के.सी. बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ४ निवासी, जो विगत नौ महिनादेखि माल्टामा काम गर्दै आएकी थिइन्।

तर, २५ फेब्रुअरीका दिन,अप्रत्याशित रूपमा, उनको निधनले परिवार,साथीभाइ र सम्पूर्ण नेपाली समुदायलाई शोकमा डुबाएको छ। उनको पार्थिव शरीर हाल माल्टा स्थित माटरदेई अस्पतालको शवगृहमा सुरक्षित राखिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले रबिनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, पार्थिव शरीर नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया र व्यवस्थापनका लागि सहयोग संकलन अभियान सुरु गरिएको  जनाएको हो ।

एनआरएनए माल्टाले माल्टा तथा गोजोमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोगका लागि अपिल गरेको छ। संकलित रकम पार्थिव शरीर स्वदेश पठाउने कार्यमा प्रयोग गरिनेछ।
यो दुखद घटनाले नेपाली समुदायभित्र एकता र मानवीय सहयोगको महत्व पुनः उजागर गरेको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले तलको लिंकमा गएर योगदान दिन सक्नेछन्। https://gogetfunding.com/donation-for-repatriation-of-late-rabina-k-c-to-nepal/

Share:

सम्बन्धित समाचारहरू