नेपाली जनसम्पर्क समिति माल्टाको प्रथम अधिवेशन सम्पन्न, चित्राहाङ सुब्बा लिम्बुको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

Share:

माल्टा नेपाल अनलाइन  — नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति माल्टाको प्रथम ऐतिहासिक अधिवेशनबाट चित्राहाङ सुब्बा लिम्बुको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

अधिवेशनबाट उपसभापतिमा ऋषिराम काफ्ले र अनिल पन्थी, महामन्त्रीमा काव्या कटुवाल र श्रीकृष्ण पंगेनी तथा सह–महामन्त्रीमा भरत भुसाल र बोनिस अधिकारी निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा धनपति बराल र प्रवक्तामा विनोद पाण्डे चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा डिल्लीप्रसाद छत्कुली, पम्फादेवी लिम्बु, उषा लिम्बु, सुबास लिम्बु, मनि प्रसाद भुसाल, अमृता हेम्ब्या र राम पन्ध्याक निर्वाचित भएका छन्।
त्यसैगरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधिहरूमा काव्या कटुवाल, चित्रहाङ लिम्बु, ऋषिराम काफ्ले, प्रेम लिम्बु, मनोज चिमोरिया, हिमकला न्यौपाने कोइराला र राजेन्द्र पाहिम चयन भएका छन्।

कार्यक्रमको सभापतित्व हरिप्रकाश विश्वकर्माले गरेका थिए भने प्रमुख अतिथिका रूपमा केन्द्रीय पर्यवेक्षक शिवप्रसाद अधिकारी तथा विशिष्ट अतिथिका रूपमा निर्वाचन समिति संयोजक उपेन्द्र गिरीको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान उपसभापति चित्राङ लिम्बुले दिएका थिए।

अधिवेशनमा विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए। प्रवासी नेपाली मञ्चका तर्फबाट कमल पोखरेललगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै एनसारएनए माल्टाका उपाध्यक्ष निरज श्रेष्ठ, पूर्व महासचिव प्रकाश भण्डारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रम व्यवस्थापन समितिको नेतृत्व नेपाली जनसम्पर्क समिति माल्टाका निवर्तमान महासचिव ऋषिराम काफ्लेले गरेका थिए। अधिवेशन सफल बनाउन विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा निर्वाचन समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनका क्रममा राजनीतिक संस्कार र आपसी सम्मानको आवश्यकतामाथि पनि जोड दिइएको थियो। सहभागीहरूले नेपाली समुदायमा राजनीतिक चेतनाको विकास तीव्र रूपमा भइरहेको भए पनि फरक विचारलाई सहज रूपमा स्वीकार र सम्मान गर्ने राजनीतिक संस्कारको विकास अझ आवश्यक रहेको धारणा राखेका थिए।

युवा पुस्ताले राजनीतिक संस्थाको विकाससँगै असल राजनीतिक संस्कार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै एकअर्काको विचारलाई सम्मान गर्दै सहकार्य र सहअस्तित्वको संस्कार विकास गर्नुपर्ने बताइएको थियो।

नवनिर्वाचित सभापति चित्राहाङ सुब्बा लिम्बुसहित सम्पूर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली समुदायको हकहित, संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू