अक्टोबर -4, माल्टा
माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले तनहुँ व्यास न.पा. वडा नं. १२ घर भएका थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेले ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गरेका थिए। उनले माल्टा जानको लाiगि प्रतिव्यक्ती आठ लाख लाग्ने र गएपछि फुड डेलिभरीमा काम लगाईदिन्छु अनि एक लाख भन्दा माथि तलब हुने भन्दै प्रलोभनमा पारेका थिए। पीडितहरुबाट पटकपटक गरी छ लाख रुपैयाँ लिएर पाण्डे सम्पर्क विहीन भएपछी पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए।
त्यसपछि काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई मंगलबार सामाखुशीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाईएको प्रहरीले जानकारी दिएको छ ।