नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा पञ्चकन्याका स्याङ्तान सर्वसम्मत चयन

Share:

कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान तामाङ अध्यक्ष रहने गरी २० सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।

उक्त अधिवेशनबाट अध्यक्षमा बुद्धि बहादुर स्याङतान तामाङ, वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट , सचिव नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना, सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् भने सदस्यहरुमा उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकाेटा, सुप्रिम रत्न लामा, सविता तामाङ, श्रीकृष्ण सिलवाल र प्रदीप पाठक कार्यसमितिमा आबद्ध भएका हुन् । संस्थाका अध्यक्ष राम कुमार गौतमको सभाध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा संस्थाका सचिव सुरेश भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त नवौं अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा नुवाकोट समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Share:

सम्बन्धित समाचारहरू