माल्टा- गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप युवा संयोजकमा प्रकाश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । भण्डारीले ९ बुँदे आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले भण्डारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । भण्डारीलाई चुनावी मैदानमा रहेका सबै समुहले साथ दिएका थिए । खनाल सन् २०१४ देखि रोजगारिका लागि विदेशिएका थिए ।
दुबईमा स्टोर म्यानेजरका रुपमा काम गरेर २०१६ मा माल्टा आइपुगेका थिए । बाग्लुङ गलकोटका भण्डारी नेपालहुदा केही वर्ष शिक्षण पेशामा थिए । उनले काठ्माण्डौको ब्रिटिश गोर्खा कलेजमा कम्प्युटर साइन्स पढाएका थिए । माल्टामा सुरुमा क्लिनर बनेर काम थालेका भण्डारी हाल सफल व्यवसायी हुन् । रेष्टुरेण्ट र ट्याक्सी व्यवसाय चलाएका छन् । एनआरएनए माल्टा गठनहुदा महत्वपुर्ण भुमिका खेलेका थिए ।
एनआरएनए माल्टाको पुर्व उपाध्यक्ष, वर्तमान सल्लाहकार, नेपाल माल्टा च्यारिटीको अध्यक्ष हुन् । अध्यक्षमा सर्वसम्मत युुरोप युवा संयोजकमा निर्वाचित भण्डारीले कार्यभार सम्हाले लगत्तै एनसीसी अध्यक्ष र युवा संयोजकहरुको बृहत छलफल गरेर कार्ययोना बनाउने बताए । युवालाई नेतृत्वकर्ता, उद्यमशील बनाउन लागिपर्ने बताए । एनआरएनएभित्र हुने बेथिति विरुद्ध युवाहरुले आवाज उठाउने बताए । एनआरएनएलाई सबैको साझा संस्था बनाउन युवाहरुले हातेमालो गर्ने वातावरण बनाइने बताए ।
युरोपभरका नेपालीलाई समेटेर नेपालको पहिचान हुने गरी खेलकुदका गतिविधिहरु सन्चालन गरिने बताए । युरोपभरीका युवाहरुले नेपालमा लगानी गर्दै स्वदेशमै रोजगारी सृजना गर्ने अभियान चलाइने बताए । युरोपमा रहेका नेपाली बालबालिकालाई भाषा, संस्कृति, भेषभुषा, रहनसहनबारे जानकारी दिदै विविध कार्यक्रमहरु चलाइने बताए । वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनएलाई प्रतिवद्ध बनाउने बताए ।



