प्रतिपक्ष दलका प्रमुखलाई एनआरएनए माल्टा र युरोप युवा संयोजकले भने- अब सास्ती घटोस्

Share:

एनआरएनए माल्टाका पदाधिकारी र युरोप युवा संयोजक प्रकाश भण्डारीले माल्टाको प्रतिपक्ष दलका प्रमुखसँग भेटघाट गरेका छन् ।
प्रतिपक्ष दलका प्रमुख नेता बर्नाड ग्रेचसँग एनआरएनएका प्रतिनिधिले नेपाल लगायतका तेस्रो मुलुकबाट आएहरुको समस्याबारे ध्यानाकर्षण गराएका थिए । एनआरएनएका युरोप युवा संयोजक प्रकाश भण्डारीले सन् २०२४ देखि लागु हुने नियमलाई संसोधन गरि विदेशी कामदार मैत्री वातावरण बनाउन आग्रह गरे ।

स्किल कार्ड, भाषा ज्ञान जस्ता प्रावधानले रोजगारीका लागि आएकाहरुले थप समस्या झेल्नुपर्ने अवस्था आएको बताए । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले धेरै नेपालीले रोजगारी लिन झण्झटिला लामो प्रक्रिया पुरा गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए ।

हाउजिङ अकोमोडेसन, एप्रुबल, टिआरसी कार्ड नयाँ लिन वा पुरानो नविकरण गर्न,  जब प्लस, इमिग्रेसन, जब टर्मिनेट, आइडेन्टिटा लगायतका कामहरुमा धेरै सास्ती खेप्नुपरेको दुखेसो सुनाए । उनले नयाँ नियमलाई संसोधन गरेर माल्टामै काम पाउने वातावरण बनाउन माग गरे ।
माल्टाको प्रतिपक्ष दलका नेता बर्नाड ग्रेचले विदेशी कामदारलाई शत्रुका रुपमा लिन नहुने बताए । राम्रो काम र जीवन खोज्दै आएकाहरुलाई समस्यामा पार्न नहुनेमा समर्थन जनाए ।

बढ्दो विदेशी जनसंख्या चुनैति भएपनि तेस्रो मुलुकबाट आउने कामदारले भोग्नुपरेका समस्या हल गर्न लागिपर्ने बताए ।
उनले माल्टाको वर्तमान आर्थिक मोडेल परिवर्तन गर्न तत्काल आवश्यक रहेको बताए ।
उनले गुणस्तरीय रोजगारी प्रदान गर्न र कम ज्याला श्रममा निर्भरता कम गर्नुपर्ने बताए । नयाँ आर्थिक स्तम्भहरू विकास गर्न लागिपर्नेमा जोड दिए । अर्को वर्षको युरोपेली संसदको चुनाव समेत हुदैछ । एनआरएनए माल्टाले छिटै माल्टाको परराष्ट्र मन्त्रालयसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

Share:

सम्बन्धित समाचारहरू