माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ

Share:

९, फेब्रुअरी
काठमाडौं / माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१४ घर भइ काठमाडौंमा बस्ने २५ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रुपैयाँ ठगीमा पटेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, “पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी पाँच लाख लिई सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी सार्वजनिक गरेका हौँ ।”
पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

Share:

सम्बन्धित समाचारहरू