नेपाली दोहोरीमा झुम्दै स्पेनको बार्सिलोना, विष्णु खत्री र सुमित्रा घिमिरेले नचाउदै दर्शक

Share:

 

विप्लव काफ्ले
स्पेन । स्पेनमा नेपाली गायक-गायिकाले धमाका मच्चाउने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको ´रमाइलो सांगीतिक कार्यक्रम` मा लोकदोहोरी गायक तथा श्रजक विष्णु खत्री, गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी) ले विशेष प्रस्तुति दिनेछन् । मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नेपाली मौलिक लोकभाका प्रवर्द्धन गर्दै नेपाली कला, संस्कृति जगेर्ना गर्न कार्यक्रम गरिएको बताए । ´ स्पेनमा रहेका नेपाली र घुम्न आएका विदेशीहरुको जमघट हुने अपेक्षा गरेका छौँ`, उनले भने,´नेपाली लोकदोहोरीको स्वाद स्पेनबाटै विदेशीले पनि लिनेछन् ।` कार्यक्रम अगष्ट १ (साउन १७) मा हुनेछ । बार्सिलोना स्थित गान्धी क्याम्प नौ रेष्टुरेन्ट एण्ड बारमा कार्यक्रम हुनेछ । बार्सिलोना फुटबल क्लब नजिकै सांगीतिक कार्यक्रम हुन लागेको हो ।
रामेछापका दिनेश गिरी, पोखराका शंकर बराल र दिपक बस्नेत मिलेर खोलेको सुविधासम्पन्न नयाँ रेष्टुरेण्टमा कार्यक्रम हुदैछ । साँझ ५ बजेदेखि राति साढे ११ बजेसम्म दोहोरी जम्नेछ । नेपाल घुम्न समेत दोहोरीबाटै अनुरोध गर्ने तयारीमा गायक-गायिका रहेका छन् ।
अभाव, गरिबी, बेरोजगारी, छुवाछूत विरुद्ध थुप्रै गीत निकालेका विष्णु खत्रीका भरिया दाइले बिसाउने भारी, जम्मु कास्मिरमा, दुना टपरी लगायतका गीतहरु निकै चर्चामा छन् । विष्णुले दशै तिहार, परदेशीका पीडाहरु समेटिएका धेरै लोकगीत गाएका छन् ।
गायिका सुमित्राले मन छुने धेरै विरहका गीतहरु गाएकी छन् । घाइते मुटु, झुक्यायो ढाका टोपीले, माछा पानीमा लगायतका गीतहरु चर्चामा छन् । स्पेनमै रहेकि सुमित्राले मै छोरी परदेशी गीत निकालेकी छन् । यहि तीजमा फेरि मै छोरी परदेशी भाग २ पनि निकाल्दै छिन् । विष्णु र सुमित्राको दोहोरीमा बार्सिलोना रमाउने आयोजकको दावी छ । कार्यक्रम नि:शुल्क हेर्न पाइने व्यवस्था मिलाइएको छ ।

Share:

सम्बन्धित समाचारहरू