माल्टा/ युरोपेली मुलुक माल्टामा नेपाली फिल्म ‘ज्वाईँसाब’ यहि डिसेम्बर २१ गते प्रदर्शन हुने भएको छ। गत दशैँमा नेपालमा प्रदर्शन भएर दर्शकको मन जित्न सफल भएको यो फिल्म मग्वार्ट प्रडक्सनले यही डिसेम्बर २१ अर्थात पुस ६ गते शनिवार माल्टाको ग्यालेरिया सिनेमा हलमा रिलिज गर्न लागेको हो ।
वसन्त निरौलाद्वारा निर्देशित तथा जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘ज्वाईँसाब’ले मनोरञ्जन प्रदान गर्नुको साथै नेपाली भाषा, संस्कृतिको प्रबर्द्धन समेत हुने मग्वार्ट प्रडक्सनका संयोजक गणेश लामिछानेले बताएका छन् । उनका अनुसार माल्टामा बस्ने नेपाली दर्शकको अपार मागको कारण यो फिल्म माल्टामा प्रदर्शन गर्न लागिएको हो । यो फिल्म हेर्नका लागि प्रति व्यक्ति ९.९९ युरोको टिकट काट्नु पर्नेछ । टिकट अनलाइन https://tinyurl.com/JwaisaabMT बाट लिन सकिने छ। तीन जनाको समुहमा टिकट लिनुहुने लाई १ वटा टिकट छुट समेत रहेको छ ।
नेपाली कला , भाषा, संस्कृतिको प्रबर्द्धन गरौ’ भन्ने उद्देश्यका साथ स्थापना भएको मग्वार्ट प्रडक्सनले ‘पूर्ण बहादुरको सारङ्गी’ जस्ता सफल चलचित्र माल्टामा भब्य प्रदर्शन गरिसकेहो छ । यस् प्रोडक्सनले आगामी दिनहरुमा बलिदान, ‘कार्साङ जस्ता विभिन्न नेपाली फिल्महरु प्रदर्शन गर्नुका साथै अन्य सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिने जानकारी दिएको छ।
यस फिल्ममा जितु र नीतिसंगै बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।



