पुस्तक रेग्मी / गायक नवराज पाण्डेको “आँसु उपहार” सार्वजविक भएको छ । गायक पाण्डेले माया प्रेममा आधारित “आँसु उपहार” सार्वजनिक भएको हो । बेलायतलाई कर्मथलो बनाउँदै आएकी गायिका लक्ष्मी खड्काले गायक पाण्डेको गीतमा साथ दिएकी छन् । गायिका लक्ष्मी खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको पाण्डेले बताए ।
विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा लागेका पाण्डेले प्रवासमा पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका छन् । “आँसु उपहार” गीतमा चर्चित मोडल स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन् ।
गीतको अडियो र भिडियोलाई श्रोताहरुले निकै रचाएका छन् । बजारमा गीत सार्वजनिक भएपछि सामाजिक संजालमा गीत राम्रो भएको प्रतिक्रिया आइरहेको छ । “आँसु उपहार” ले प्रेम र मायामा छुट्टिएका जोडीहरूको वियोगान्त कथालाई समेटेको छ । गीतका बोल रचनाकारले उत्कृष्ट रूपमा सिर्जना गरेका छन् भने लय तथा संगीत पनि मनमोहक छ । गायक नवराज पाण्डे र गायिका लक्ष्मी खड्काले आफ्नो सुमधुर आवाजले गीतलाई अझ बढी मिठास थपेका छन् । निर्देशक निशान बाँनीयाले निर्देशन गरेको “आँसु उपहार” लाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने सुजन कोइरालाले भिडियोको सम्पादन गरेका छन् ।