माल्टा नेपाल अनलाइन / ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली दिदीबहिनीहरुले अन्तर्राष्ट्रिय नेपाली नारी समाज गठन गरेका छन् । मार्च ८ तारिख शनिबारका दिन भर्चुअल मार्फत् एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । उक्त सम्पन्न कार्यक्रमबाट अन्तर्राष्ट्रिय नेपाली नारी समाजको अध्यक्ष पदमा पुनम गौतम पोर्चुगलबाट सर्वसम्मत चयन भएकी हुन् ।
त्यसैगरी महासचिवमा सन्ध्या अर्याल ( कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) रहेकी छिन् । अन्य विभिन्न देशहरुबाट संयोजक तोकी प्रतिनिधित्व गरिएको छ । जसमा अमेरिका, क्यानडा, नर्वे, डेनमार्क, स्पेन, जापान, आयरल्याण्ड, जर्मन, युके, बेल्जियम, मकाउ, कतार, नेपाल, नेदरल्याणड, माल्टा, फ्रान्स, अष्ट्रिया, दुबई, स्विजरल्याण्ड, पोर्तुगल , स्विडेनमा एक–एक जना संयोजक रहने गरी प्रतिनिधि तोकिएको समाजकी अध्यक्ष पुनम गौतमले जानकारी दिएकी छन् ।
समाजलाई दीर्घकालीन रुपमा अगाडी लैजानको लागि अध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गरिएकोे अध्यक्ष गौतमले बताइन् । अन्तर्राष्ट्रिय नेपाली नारी समाजले देश विदेशमा रहेका नेपाली दिदीबहिनीहरुको हकहित, अधिकारको सुनिश्चितताको लागि दिदिबहिनीहरुलाई एकिकृत र सशक्तिकरण गर्दै अन्याय, पीडामा परेका नारीहरुलाई उचित कानुनी परामर्शका साथै समस्याको समाधान गर्ने उद्देश्यले नारी समाज गठन गरिएको अध्यक्ष गौतमले माल्टा नेपाल अनलाइनलाइृ जानकारी दिएकी छिन् ।