धनराज विक (अविरल) / डिसेम्बर २८ (माल्टा)
पूर्वाञ्चल प्रवासी समाज माल्टा द्धारा भलिबल प्रतियोगितामा विजेता भएका खेलाडीहरु सम्मानित भएका छन् । पूर्वाञ्चल प्रवासी समाज माल्टाले नै आयोजना गरेको अन्तर माल्टा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा उपविजेता भएका पूर्वाञ्चल (ए) टिम का खेलाडीलाई शनिबार सम्मान पत्र र खादाले सम्मान गरेको संस्थाका अध्यक्ष अम्बर बिष्टले जानकारी दिएका छन् । संस्थाले टिम म्यानेजर अम्बर बिष्ट, टिमकोच भुपराज बिष्ट, टिम क्याप्टेन ललित मगर, त्यसैगरी खेलाडीहरु क्रमशः विकास हिताङ, अर्जुन केसी, अर्जुन थापा मगर, रोशन गुुरुङ र सन्जिब राइलाई एक कार्यक्रम आयोजना गरी सम्ममान गरिएको पूर्वाञ्चल प्रवासी समाज माल्टाका सह–सचिव कर्ण कुमार श्रेष्ठले बताए ।
सम्मानित भएपछि खेलाडीहरुले थप खेल क्षेत्रमा निरन्तर लाग्ने प्रेणा मिलेको बताएका छन् । विदेशको ठाउँमा पनि कामसँगै खेल क्षेत्रको विकासमा लागि परेको संस्थाबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको क्याप्टेन ललित मगरले बताएका छन् । सम्मानित भएका सबै खेलाडीहरुले पूर्वाञ्चल प्रवासी समाज माल्टालाई धन्यवाद् दिएका छन् ।
प्रतियोगितामा विजेता भएका टिम, उत्कृष्ट भएका खेलाडी र अन्य विभिन्न विधामा छनौट भएका खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको भलिबल प्रतियोगिताका महिला क्याप्टन प्रियंका श्रेष्ठले जानकारी दिएकी छन् । स्वस्थ जीवन र खेल क्षेत्रको विकासका लागि भलिबल प्रतियोगिता डिसेम्बर २२ तारिखका दिन आयोजना गरिएको र आगामी दिनमा पनि खेल प्रतियोगीता आयोजना गर्दैजाने पूर्वाञ्चल प्रवासी समाज माल्टाका अध्यक्ष अम्बर बिष्टले बताए ।